पाश्र्व गायनमा युवराजको फड्को


Yubraj-Chaulagainनेपाली चलचित्रका लोकप्रिय पाश्र्व गायक युवराज चौलागाईंले पहिलो पटक बलिउडको चलचित्रमा समेत आफ्नो स्वर दिएका छन्। हिन्दी चलचित्र ‘गल्ति’ को यसै साता ब्ल्याकपेपर स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको छ। युवराजले बलिउडका संगीतकार सन्तोष राजको संगीत निर्देशनमा ‘तेरी आँखो ने मेरी आँखो से…’ शीर्षकको गीत गाएका हुन्। यो गीतमा युवराजलाई बलिउडकै गायिका जमुनाले गायनमा साथ दिएकी छिन्। पियुष आर्य यो गीतका रचनाकार हुन्।

मोहन जी महतो तथा सन्तोष विश्वकर्माद्वारा निर्मित यो चलचित्रको निर्देशन बि.प्रसाद साहूले गर्ने तय भएको छ। यो चलचित्रको छायांकन नेपाल कै जोमसोम क्षेत्रमा गरिने बतैइएको छ। एमआरआर ईन्टरटेन्मेन्ट तथा ओम आर्टद्वारा प्रस्तुत गरिएको यो चलचित्रलाई जी कम्पनिले वितरण गर्नेछ।

Singer: Yubraj Chaulagain | Photo : Om Lal Akayla

Singer: Yubraj Chaulagain | Photo Courtesy: Om Lal Akayla

यसै वर्ष चलचित्र ‘नोभेम्बर रेन’ को ‘तिमीलाई के भनौं’ गीतबाट सर्वोत्कृष्ट गायकको विधामा आधा दर्जनभन्दा बढि एवार्ड पाएका गायक चौलागाईंले गाएको चलचित्र ‘क्लासिक’ को ‘हारेँ हारेँ…’ गीत पछिल्लो समय लोकपि्रय छ। यसअघि गायक चौलागाईंले गाएको चलचित्र ‘छ एकान छ’ को शीर्षक गीत पनि लोकपि्रय थियो। गायक चौलागाईं चलचित्रका साथै सुगम संगीतमा आधारित गीतबाट पनि दर्शकमाझ लोक प्रिय छन्।

SUBSCRIBE 👉