बन्ने भो कैफियत


movie kaifiyat press meet (4)

Nandita KC

ग्ल्यामर नेपाल, काठमाडौँ। ‘कैफियत’ चलनचल्तिको शब्द हो । प्रायः हिसाब-किताब गर्ने क्रममा यो शब्दको अत्यधिक प्रयोग हुन्छ। यही शब्दमा अब एउटा नेपाली चलचित्र निर्माण हुने भएको छ। काठमाडौंमा यो चलचित्रको शुभुमुहुर्त गरिएको छ। काठमाडौंको गणेशस्थानमा बिहान शुभमुहुर्त गरिएको यो चलचित्रले दिउँसो अल्फाबिटा कम्प्लेक्समा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रका बारेमा जानकारी दिएको हो। समारोहमा उपस्थित चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई चलचित्रकी नायिका नन्दिता केसीले गणेशजीको प्रसाद भन्दै लड्डू वितरण गरेकी थिइन्। यो चलचित्रको निर्देशन दशरथ गिरीले गर्दैछन्। गिरीले यसअघि बलिउडका चलचित्रमा काम गरेको भनिएको छ। चलचित्रमा चिन्तामणि बराल र धन देवकोटाको लगानी रहनेछ। ओम दक्षिणकालि फिल्मसको ब्यानरमा तयार हुने यो चलचित्रमा नन्दिता केसी, शंकर शाही ठकुरी, मिथिला शर्मा, नविन श्रेष्ठ, सिपि पौडेल आदि कलाकारले अभिनय गर्नेछन्। आगामी चैत ६ गतेदेखि छायांकन प्रारम्भ हुने यो चलचित्रका संगीत निर्देशक अर्जुन पोखरेल हुन्।

कार्यक्रमका झलक तस्वीरहरुमा हेर्नुहोस / सबै तस्वीरहरु : महेश्वोर मान सिं – ग्ल्यामर नेपाल

SUBSCRIBE 👉