छैठौ ‘बिग आइकन’ बिजेता बने चितवन पटिहानीका साजन आले


Sixth Big Icon Winner Sajan Ale

Sixth Big Icon Winner Sajan Ale and Karishma Manandhar

रेम बिक, पोखरा । चितवन पटिहानीका साजन आले छैठौ संस्करणको बिग आइकन बनेका छन्। तीन जना फाईनलिस्ट सृष्टि गुरुङ, अनु गुरुङ र अम्बिका पुनलाई भोटले पछाडि पार्दै साजनले बिग आइकनको टाईटल जितेका हुन्।

बिग आइकनको टाईटल संगै साजनले १ लाख ७५ हजार रुपैयाा बराबरको हिरो ड्यास स्कुटर र दुई हप्ते बेलायतको साागीतिक यात्रा गर्ने अवसर प्राप्त गरेका छन्। मंगलबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा अभिनेत्री करिश्मा मानन्धरले साजनलाई विजेता घोषणा गरेकी थिईन्। साजनलाई नेपाल जनरल मार्केटिङ ज्योती ग्रुपकी प्रबन्ध निर्देशक सुरुची ज्योतीले हिरो ड्यास स्कुटरको सााचो हस्तान्तरण गरिन्। केहि समयपछि साजन साागीतिक यात्राका लागि काठमाण्डौ थापाथलीस्तिथ द ब्रिटिश कलेजको प्रायोजनमा बेलायत भ्रमणमा निस्कनेछन्।

साजनले आफुलाई भोट गरेर जिताउने सम्पूर्ण शुभचिन्तक र स्रोतालाई धन्यवाद दिए। विजेता बन्न आफ्नो लागि ठुलो उपलब्धि भएको बताउादै बिग आइकन जस्तो ठुलो मञ्च प्रदान गर्ने बिग एफएम प्रति उनले श्रद्धा व्यक्त गरे। साथै नेपाली साागीतिक क्षेत्र आफुले अझै धेरै गर्नु बााकि रहेको भन्दै बिग आइकनको साख जोगाउन हरप्रकारको प्रयत्न आफुले गर्ने उनले बताए।

स्थानियस्तरमा हुने विभिन्न साागीतिक कार्यक्रममा गीत गाउादै आएका साजनले गोरखाको एक जना फेसबुक साथीमार्फत बिग आइकनको बारेमा थाहा पाएका थिए। त्यसपश्चात उनी पोखरा आएर बिग आइकनको फाराम भरेका थिए। करिब साढे २ महिना चलेको बिग आइकनको अडिसनमा उनी पोखरा आएर आफन्त संग बसेका थिए।

बिग आइकनको फस्ट रनरअप पोखरा मालेपाटनकी अनु गुरुङ बनिन्। टाईटल संगै उनले नगद ७५ हजार रुपैयाा पुरस्कार प्राप्त गरिन्। अम्बिका पुन सेकेन्ड रनरअप भएर ५० हजार रुपैयाा पुरस्कार हात पारिन् भने थर्ड रनरअप हुादै सृजनाचोककी सृजना गुरुङले २५ हजार रुपैयाा जितिन्। फाईनलमा पुगेका सम्पूर्ण प्रतिस्पर्धीले बिग आइकनको कारणले साागीतिक क्षेत्रमा आफुहरुको छुट्टै पहिचान भएको भन्दै बिग एफएमलाई धन्यबाद दिए। साथै उनीहरुले फाईनलसम्म पुग्न सहयोग गर्ने स्रोता र निर्णायकहरुलाई पनि धन्यबाद दिए।

यो पटकको बिग आइकनमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाानिया निर्णायक रहेका थिए। बिग आइकनको ग्राण्ड फिनालेमा उत्कृष्ट १० प्रतिस्पर्धीले पनि आफ्नो प्रस्तुती राखेका थिए। प्रतियोगीहरुले गीत प्रस्तुत गर्दै गर्दा यो पटक कोरसहरु स्टेजमा नाचेका थिए। सम्पूर्ण गीतमा राखिएका नृत्यलाई रोहन नेपाली ‘शिव’ले कोरियोग्राफि गरेका थिए।

बिग आइकनको प्रमुख अतिथिको रुपमा कार्यक्रममा आएकी अभिनेत्री करिश्मा मानन्धरले साागीतिक प्रतिभाहरुको लागि यति वृहत मञ्च खडा गरिदिएकोमा बिग एफएमलाई धन्यबाद दिईन्। मोफसलमा रहेको एउटा एफएमले राष्ट्रियस्तरमा प्रभाव राख्ने यस्तो खाले कार्यक्रम गर्नु निकै सुखद कुरा भएको उनले बताईन्। साथै उनले यस्तो खाले कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरिन्।

कार्यक्रममा बोल्दै बिग एफएमका अध्यक्ष महेश भण्डारीले छैठौ बिग आइकनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्रोता र सुभेच्छुकहरुलाई धन्यबाद दिए। ‘सबैको साथ र सहयोगले गर्दा नै बिग आइकनलाई हामीले निरन्तर छैठौा सास्करणसम्म ल्याउन सक्यौा।’ अध्यक्ष भण्डारीले भने-‘आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौा।’ साथै उनले बिग आइकनलाई सफल बनाउने साढे दुई महिना यता निरन्तर लाग्ने बिग एफएम टिमलाई पनि धन्यबाद ज्ञापन गरे।

SUBSCRIBE 👉