मिस्टर नेपाल २०१६ को उपाधि गणेश अग्रवाल लाई


काठमाडौ । ‘वल्र्ड टच मिस्टर नेपाल २०१६’को उपाधि किर्तिपुर निवासी २९ बर्षीय गणेश अग्रवालले जितेका छन् । ४५ युवा प्रतियोगीलाई पछि पार्दै उनले उपाधि भुमेका हुन् ।
‘एउटा राजकुमारमा हुनु पर्ने गुण तपाईमा के छ ? निर्णायकले अन्तिम राउण्डमा अग्रवाललाई प्रश्न राखेका थिए । यही प्रश्नको उत्कृष्ट जवाफ दिँदै अग्रवाल उपाधि विजेता बनेका हुन् । अग्रवाललाई गतबर्षका विजेता सन्दीप पोखरलले ताज पहिर्याए । बिजेता अग्रवालले नगद तिन लाख, दुई चलचित्रमा अभिनय अवसरका साथै मलेसिया भ्रमणको अवसर प्राप्त गरेका छन् । अग्रवालले २०१६ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने छन् ।Mr-Nepal

विजेता अग्रवालले उपाधिका साथमा नगद एक लाख रुपैयाँ, चलचित्र विन्दास ३ अभिनयको अवसरका साथमा अन्य विभिन्न उपहार प्राप्त गरे । विजेता घोषित भएपछि पोखरेलले आफूलाई नेपाली चलचित्र क्षेत्र मन पर्ने भएकोले सफल अभिनेता बन्ने आफ्नो लक्ष्य रहेको सुनाए । अभिनेताको रूपमा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो र देशको नाम चिनाउन सधैं आफू लागीपर्ने उनको भनाइ थियो ।

अभिनेत्री रेखा थापाको चलचित्र ‘रामप्यारी’ समेत प्रमोसन गरिएको कार्यक्रममा धिरज राई, मिग्मा श्रेष्ठ, महामदेव त्रिपाठी,कमल खत्रीलगायतको सांगीतिक प्रस्तुति रहेको थियो ।

SUBSCRIBE 👉