नयाँ फिल्मको तयारी निर्मात्री कविता श्रेष्ठ नयाा फिल्मको तयारीमा जुटेकी छिन् । आफूले बनाउने नयाा फिल्मले हरेक वर्गका दर्शकलाई बाधोस् भन्ने सोच उनको छ । उनले यस अगाडि बनाएका ‘प्लान, बरदान, ढुवानी’ले फरक फरक वर्गका दर्शकलाई हलसम्म तानेका थिए ।
तर, यसपटक भने कविता समिक्षकदेखि दर्शकसम्म सबैले रुचाउने फिल्म बनाउने तयारीमा छिन् । कविताले यस अघि बनाएको फिल्म ‘ढुवानी’लाई माइती नेपालले देशका ४५ भन्दा बढी जिल्लामा देखाउने भएको छ । कविताले माइती नेपाललाई निशुल्क फिल्म देखाउने अधिकार दिएकी हुन् ।
उनले आत्मसन्तुष्टी र आनन्दका लागि आफूले माइती नेपाललाई निशुल्क अधिकार दिएको बताइन् । उनले निर्माण गरेको चौथो फिल्म ‘समर लभ’ अहिले धमाधम पोष्ट प्रोडक्शनमा छ ।
कविताका अनुसार नयाा फिल्मका लागि निर्देशक र कलाकारको अडिसन नै लिने तयारी गरिएको छ । नयाा नयाा सोच बोकेका यूवाहरु आफूसाग कथा लिएर आएको कविताले सुनाइन् । तर, अहिले नै कथावस्तु पक्का नगरिएको उनको भनाई छ ।