‘बुद्ध वर्न ईन नेपाल’को ट्रेलर सार्वजनिक ( भिडीयो )


‘बुद्ध वर्न ईन नेपाल’को ट्रेलर सार्वजनिक भएको छ । गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम फैलाईरहँदा बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश सहित तयार भएको यो चलचित्रलाई रमित दुंगानाले निर्माण गरेका हुन् ।Ramit

चलचित्रमा रमित दुंगाना ,अशिष्मा नकर्मी, निर शाह, मिथिला शर्मा लगायत अभिनयमा छन् ।ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो चलचित्रलाई अमेरिका र नेपालमा खिचिएको हो ।

जेठ ७ गतेबाट देशैभर रिलीजमा आउने यो चलचित्रले अमेरिकामा पढ्न गएको एक नेपाली युवकले बुद्ध नेपालमा जन्मेको भन्ने कुरा स्थापित गर्न गरेको संघर्षको कथालाई देखाउछ ।

SUBSCRIBE 👉