नेपाली हरर फिल्म ‘ट्वेन्टी सेभेन आवर्स’ निर्माण गरेको कम्पनी रियल इन्टरटेनमेन्टले हिन्दी हरर फिल्म ‘१९२० लण्डन’ लाई नेपाल प्रदर्शनमा ल्याउने भएको छ ।
यही शुक्रबारदेखि प्रदर्शनमा आउने यो फिल्म ‘१९२०’ को तेस्रो सिक्वललाई टिनु सुरेश देसाईले निर्देशन गरेका हुन्। निकै नै डरलाग्दो ट्रेलर सार्वजनिक भएको फिल्ममा शर्मन जोशी र मिरा चोपडाको मुख्य भूमिका रहेको छ । नेपालमा पनि हरर फिल्मको बजार राम्रो भएका कारण आफुले नेपाली हरर फिल्म निर्माणसँगै हिन्दी हरर फिलम प्रदर्शनको जिम्मा लिएको निर्माता दिपक लम्सालले बताए ।
उनले निर्माण गरेको नेपाली हरर फिल्म ‘ट्वेन्टी सेभेन आवर्स’ भने जेठ १४ गतेबाट प्रदर्शनमा आउँदैछ, जसलाई साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन हुन् ।
सुनिल मानन्धरले वितरण गर्ने ‘ट्वेन्टी सेभेन आवर्स’ मा रिजन कोइरालाको संगीत, बंशी अट्लुरीको सम्पादन, र सचिन सतमको भिएफएक्स छ । यस्तै सिध्धु पुजारीको कोरियोग्राफी, मुर्गान र पवनको छायांकन छ । फिल्ममा दीपक लम्साल ,शिध्धु पुजारी लगायको मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।