प्रियंका भन्छिन्, ‘यथार्थ जे देखिन्छ, त्यो हुँदैन्’


Priyanka-Karki-actressग्ल्यामर नेपाल, काठमाडौं । जेष्ठ २ गते रिलिज हुने सस्पेन्स थ्रिलर फिल्म ‘आवरण’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार निर्माण पक्षले प्रेसमिट आयोजना गरी रिलिज गरेको प्रोमोमा नायिका प्रियंका कार्कीलाई निकै हाइलाइट गरिएको छ। सवा मिनेटको उक्त प्रोमोको पृष्ठभूमिमा उनले बोलेका संवाद सुन्न सकिन्छ। प्रियंकाका अलवा दिव्य देव, सुशिल पाण्डे बालकलाकारद्वय अनुभव रेग्मी र आँचल अग्रज केसीलाई पनि ट्रेलरमा देखाइएको छ।

प्रेसमिटमा बोल्दै नायिका प्रियंकाले फिल्मको भूमिका चुनौतीपूर्ण भएपनि आफूले सक्दो न्याय गर्ने प्रयास गरेको बताइन्। निकै रमाइलोसँग सुटिङ सकिएको स्मरण गर्दै उनले भनिन्, ‘म भर्सनटाइल कलाकार हुने प्रयास गरिरहेको छु। त्यो प्रयासमा आवरणले निकै सघाउ पुराउने छ।’ उनले यो फिल्मको शिर्ष गीतमा चर्चित र्‍यापर यमबुद्धसँग स्वर पनि भरेकी छिन्।

‘आवरण’लाई सुवास कोइरालाले निर्देशन गरेका हुन्। जसले यसभन्दा पहिले ‘अपवाद’ निर्देशन गरेका थिए। कोइरालाले अन्य फिल्मभन्दा एक लेभलमाथि उठेर बनाएकोले दर्शकले रुचाउने विश्वास व्यक्त गरे। कार्यक्रममा निर्माता अनिल योञ्जनले फिल्म क्षेत्रमा केही गरौं भनेर आएकोले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए। फिल्ममा अनिल योञ्जनसँगै रोजन श्रेष्ठ, लक्ष्मी लामा, प्रतिभा योञ्जन र सविता राईको लगानी छ। फिल्मलाई हरि हुमाँगाईले खिचेका हुन्।

SUBSCRIBE 👉