पहिले पाखामा, अहिले काखमा !


समय बलवान छ । समय बित्दै जादा काखका मानिस पाख र पाखका मानिस काखमा हुन्छन् । यसको जल्दोबल्दो उदाहरण चलचित्र छेस्कोकी अभिनेत्री अर्चन पनेरुलाई लिन सकिन्छ। केही पहिले चलचित्र क्षेत्रमा अर्चनालाई भित्र्याउनु हुँदैन । उनलाई अभिनयमा लिने चलचित्र बन्द गराउनु पर्छ भन्दै ठुला कुर अभिब्यक्ती दिने चलचित्र बिकाश बोर्ड अध्यक्ष अहिले उनै अर्चना र उनको चलचित्रलाई शुभकामना दिन थालेका छन्।

 RAJKUMAR RAI

प्रशंग हो–चलचित्र छेस्कोले सोमबार आयोजना गरेको एक कार्यक्रम । जसमा बिकाश बोर्ड अध्यक्ष राजुकमार राई अप्रमुख अतिथी बनेका थिए । उनले कार्यक्रममा चलचित्र का साथै चलचित्रकी अभिनेत्री अर्चनालाई समेत शुभकामना दिए।

स्परण योग्य कुरा के छ भने केही पहिले ईजाजत नलिई फ्लोरमा गएको अनि पोर्नस्टार बन्छु भन्दै हिँड्ने अर्चना चलचित्रमा लिएको भन्दै चलचित्र  क्रियूलाई सुटिङबाटै चलचित्र विकास वोर्डको पहलला प्रहरीबाट पक्राउ गराएका थिए। तर अहिले उनले तिनै अभिनेत्रीलाई शुभकामना दिनु लाई बिभिन्न तरिकाबाट हेर्न थालिएको छ।

पोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चनाले सामाजिक सद्भाव बिथोले भन्ने राई अर्चनाको पहिलो फिल्म भन्दै नग्न तश्विर छरेर प्रचार गरेको आँखा अघि छर्लङ्गै हुँदाहुँदै पनि किन पुगे राई सुभकामना दिन ? यो एउटा गतीलो प्रश्न उनी सामु तेर्सिएको छ।

निर्माण तथा वितरणको काम गरेका राई निकट मानिने करण श्रेष्ठ क्रेजीको फिल्म भएको कारण करणलाई हार्न नसकेर राई पुगेको हुनसक्छ अथवा बिकाश बोर्डलाई अतिथीको निम्तो दिएकाले सो निम्तो मान्न उनी पुगेको पनि हुन सक्छ । तर कारण जे भएपनि उनको उपस्थितीले वोर्ड नग्न तश्विर छर्ने, भल्गारिटीलाई स्थान दिने काममा लचिलो बन्दै गएको बुझाएको छ।

चलचित्र छेस्को शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। चलचित्रले सेन्सर बोर्डबाट एडल्भ सर्टिफिकेट समेत पाएको छ। यो सर्टिफिकेट पाए लगतै चलचित्र १६ बर्ष भन्दा मुनिका दर्शकले यो चलचित्र हेर्न पाउने छैनन्। चलचित्रमा रहेका बिभिन्न उत्श्रृखल दृश्यले गर्दा चलचित्र हेर्न १६ बर्ष मुनिका दर्शकलाई बन्देज लगाइएको हो।

SUBSCRIBE 👉