एल्बम विमोचनको खर्च पूर्ननिर्माणमा !


गायिका तथा गीतकार सुनिता गुरुङले एलबम विमोचन गर्दा हुने फजुल खर्च जोगाउँदै सो रकम भूकम्पबाट क्षतीग्रस्त बस्तीको पूर्ननिर्माण कार्यमा सघाउँदै आफ्नो नयाँ एल्बम सार्वजनिक गरेकी छिन्। गायिका गुरुङले म्युजिक भिडियोसहितको आफ्नो पछिल्लो एल्बम सांगितीक प्यास सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ द्धारा सिन्धुपालचोकको मेलम्चीस्थित गिरान्चौरमा निर्माणाधिन एकीकृत नमूना बस्तीलाई सहयोग गर्र्दै सार्वजनिक गरेकी हुन। उनले बस्ती निर्माणस्थल गिरान्चौरमा पुगेरै सो एलबम विमोचन गराएकी हुन्।news 1

५ गीत र तीनका म्युजिक भिडियो संगृहित भिसीडी एलबम सांगितीक प्यासको गिरान्चौरस्थित बस्ती  निर्माणस्थलमै सो बस्ती निर्माणका अगुवा तथा हास्य अभिनेता सिताराम कट्टेलले गरेका थिए। ‘एल्बम सबै गीतमा सुनिताको स्वर रहेको छ भने निर्भाना कला केन्द्रको उत्पादन रहेको यो एल्बमका गीतहरुमा गायिका स्वयंका साथ भागवता आचार्य र किस्ना आचार्यको गीत तथा बिबी अनुरागी र मिलन लामाको संगीत छ। यी गीतका सबै म्युजिक भिडियोमा सुदिप बरालको छायांकन तथा ३ भिडियोमा निर्देशन रहेको छ।

बांकी २ गीतको निर्देशन रमेश श्रेष्ठले गरेका छन्। भिसिडी एल्बममा लोक पप शैलीमा पानी पानी, लोक भाकाको रमाइलो पोखरा, सालैजो भाकाको आफ्नै भन, महिला हिंसाबिरुद्धको म छोरी म चेली र भूकम्पसम्बन्धी गीत महाबीपत्तीलाई प्रगतिको बोलका गीत छन्।

SUBSCRIBE 👉