जान्हबी र किशोर नाच्दा नाच्दै सकियो पर्शुरामको सुटिंग


चलचित्र पर्शुरामको छायांकन सकिएको छ। चलचित्रमा समाबेश एक गीतको सौराहा, लुम्बिनी, बुटवल, पाल्पा, पोखरा हुदै चितवन सम्ममा छायांकन गरेर चलचित्रको छायांकन सकिएको हो। टंक बुढाथोकिको संगीत तथा टंक र निता थापाको स्वर रहेको ‘छिसिक्क मिस कल’ बोलको गीतको लागि निर्माण युनिटले यति धेरै लोकेसन प्रयोग गरेको छ।

Nepali-Movie-Parshuram

चलचित्रको यस गीतमा नायक किशोर खतिवडा र नायिका जाहान्वी बस्नेतलाई नूत्य निर्देशक बब्बु थापाले नचाएका छन्। चलचित्र पर्शुराममा किशोर र जाहान्वीको अलावा घनश्याम गिरि, सुशील पोखरेल, नबराज रावत लगायतको मुख्य भूमिका रहेको छ। फुल एक्शन तथा लव स्टोरी यस चलचित्रमा पहिलो पटक ५० भन्दा बढी घोडाहरुको प्रयोग गरिएको छ। चलचित्रमा रोशन श्रेष्ठको एक्शन रहेको छ। ब्ल्याक चिल्ली इन्टरटेनमेन्टको व्यानमार निर्माण भएको चलचित्र पर्शुरामको रिलिज छिट्टै गरिने निर्माता महेन्द्र बुढाथोकीले जानकारी दिएका छन्। चलचित्रका निर्देशक एनआर घिमिरे हुन्।

SUBSCRIBE 👉