‘यो माया तिम्रै हो…’ नायिका सम्पदा बानियाँ संग जोडी कस्दै गायक कमल मान सिंह!


चार दशकअघि रेकर्ड गरिएको एउटा लोकगीत असाध्यै लोकप्रिय थियो । ‘यो माया तिम्रै हो…’ बोेलको पुरानो गीत त्यो बेला असाध्यै लोकप्रिय मानिन्थ्यो। बिडम्बना, उक्त गीतका गायक लोकबहादुर क्षेत्री अहिले हामीमाझ छैनन्।

Kamal-Man-Singh

उनै दिवंगत संगीतकर्मी क्षेत्रीलाई पुनः जीवन्तता प्रदान गर्न गायक कमल मान सिंहले क्षेत्रीका छोरा रोहित क्षेत्रीको अनुमति लिएर सोही गीतलाई आफ्नो स्वरमा रि–रेकर्ड गरेर सार्वजनिक गरेका छन्। रिमेकका लागि दिनेश कर्माचार्यले पनि कमल मान सिंहलाई सहयोग गरे।

पप तथा आधुनिक शैलीका गीतका लोकप्रिय गायक कमल मान सिंहको स्वरमा पुनः रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियो तयार गरि केहि समय अघि सार्बजनिक समेत गरिएको छ। नायिका सम्पदा बानियाँ, अभिनेता माधवप्रसाद त्रिपाठी, गायक कमल मान सिंहसहित अन्य तीन जना कलाकारको आकर्षक नृत्यसहितको उक्त गीतको भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका हुन्। क्षेत्रीकै संगीतको यो गीतका शब्द संकलक दिलबहादुर बस्नेत हुन्। रिमेक गरिएको गीतमा मोहित मुनालले संगीत संयोजन गरेका छन्। निशान घिमिरेद्वारा सम्पादित यो गीतको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका हुन्।

करिव दुई दशकदेखि पप तथा आधुनिक संगीत क्षेत्रत्रमा क्रियाशिल गायक तथा संगीतकार हुन् कमल मान सिंह। ‘पर्खाइको पीडा…’, ‘ओ कति मीठो माया…’, ‘ए काली…’, ‘आकाश रु“दा’, ‘सकिन…’ सहित थुप्रै लोकप्रिय गीत दिइसकेका गायक कमल मान सिंहले चार दशकअघिको लोकभाकाको गीतलाई रिमेक गर्नुलाई चुनौतीको रुपमा समेत लिएको बताएका छन्। अहिले बजारमा चर्चामा रहेका लोक भाकाका गीतभन्दा यो गीतलाई श्रोताले रुचाउन थालेको कमल मान सिंहको अनुमान छ। ‘गीत–संगीत कहिले पनि पुरानो हुँदैन, कमल मान सिंह भन्छन् ‘४० वर्ष अघिको गीत भएपनि यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ, अहिलेका गीतको तुलनामा यो थप शसक्त छ।’

SUBSCRIBE 👉