विकासले दिए नि:शुल्क संगीत शिक्षा


पछिल्लो समय पाश्र्व गायनमा व्यस्त संगीतकार विकास चौधरीले नि:शुल्क संगीत शिक्षा दिएका छन् । उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीनमहिने संगीत शिक्षा प्रदान गरेका हुन् ।bikash

बुधवार धान दिवसको अवसर पारेर काठमाडौ, पुतलीसडकस्थित आफ्नो कार्यालयमै उनले सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । ‘पारिवारिक अवस्था कमजोर भएका कारण संगीत सिक्ने चाहना हुादाहुादै पनि सानोमा मैले संगीत सिक्न नपाएको अवस्था थियो,’ चौधरीले भने, ‘यो अवस्था अरुलाई सिर्जना नहोस् भन्ने म चाहन्छु ।

त्यसैले संगीत सिक्न चाहने विपन्न वर्गलाई टार्गेट गरेर मैले यो नि:शुल्क कार्यक्रम ल्याएको थिएा । मैले भोगेजस्तो पीडा अरूले भोग्न नपरोस् भन्ने म सधौ सोच्छु । कार्यक्रममा गायक तथा संगीतकार विमल श्रेष्ठ र फिल्म निर्माता नरेन्द्र महर्जनलाई विशेष सम्मान गरिएको थियो । फिल्म निर्देशक ओम प्रतिक, गायिकाद्धय सविना केसी, सहिमा श्रेष्ठ लगायत कार्यक्रममा सहभागी थिए ।

SUBSCRIBE 👉