अनु शर्मा बनिन् मिसेस नेपाल आइकन २०१६ | फोटो ग्यालरी


बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा मिसेस नेपाल आइकन २०१६ मा अनु शर्माले मिसेस नेपाल आइकन २०१६ बिजेता बनेकी छिन्। अनुले ३४ प्रतिस्पर्धीलाई पछि पार्दै तेस्रो संस्करणको मिसेस नेपाल आइकनको ताजलाई आफ्नो पोल्टामा पारेकी हुन्। अनुले वेष्ट डिसीप्लेनको उपाधि पनि हात पारिन।

Mrs Nepal Icon 2016 (12)

एएनपी मिडिया हाउसले शनिबार राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगितामा तृष्णा प्रधान फष्ट रनर्सअपका साथ बेष्ट पर्सनालिटी र मिसेस फेसन आईकन, सन्ध्या थापा सेकेन्ड रनर्सअपका साथमा बेष्ट स्किन र बेष्ट फिट्नेस, सरस्वती साहनी थर्ड रनर्सअपका साथ बेष्ट डान्सर तथा मुना पौडेल फोर्थ रनर्सअप र बेष्ट स्पिच भए।

कार्यक्रमको फोटो ग्यालरी हेर्नुहोस् *फोटो ठुलो पारेर हेर्न सानो फोटोमा क्लिक गर्नुहोस्

अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम संचालनमा भएको प्रतियोगितामा सविया स्वार अमात्य मोस्ट पपुलर, पूनम थापा भ्युवर्स च्वाईस र मोस्ट इन्टुलेक्चुअल, रेनु बस्नेत ब्युटी वीथ पर्पस, जिस्वाँन तुलाधर सोसल्ली रेस्पोन्सिवल, जानकी प्रजापती (श्रेष्ठ) मिसेस ट्यालेन्ट, रेणुका बज्रचार्य मिसेस क्याटवाक, ममता कार्की फेसबुक च्वाईस अवार्ड र वेष्ट हेयर, लक्ष्मी अर्याल बेष्ट स्माईल, मानु शाहु फोटोजेनिक, निलम शाही थापा मिसेस आइकनिक आइज, सविना थपलिया मोस्ट पङ्गच्युल, डोल कुमारी श्रेष्ठ केसी बेष्ट आर्टवर्क, ज्ञानु छन्त्याल बुढा बेष्ट फिजिक, निर्मला चौधरी मोस्ट फ्रेन्डली, संगीता रौनियार मोस्ट चार्मिङ्ग, सनिता पराजुली मोस्ट कन्फीडेन्ट, अम्बिका मल्ल मोस्ट व्युटीफुल, कविता राई (नेम्बाङ) मिसेस कन्जीनियालिटी, बविता तिमल्सिना मोस्ट एक्टीभ, सुस्मिता शेरचन मेनेजमेन्ट च्वाईस अवार्ड, पूनम प्रधान मोस्ट पर्फेक्ट, सन्जु केसी मोस्ट डिजर्भिङ्ग, मनश्रु राई सोसल वेलफयर एम्बेसडर, कल्पना शाही सिहं श्रेष्ठ मोस्ट क्रियटिभ, सिर्जना गौतम मष्ट पोजिटीभ एटीटिच्युड, कमला लामा ब्युटी वीथ रेसपोन्सिविलिटी, रस्मीता गुरुङ्ग मेनेजमेन्ट च्वाईस अवार्ड ममता पाठक बेष्ठ सिङ्गर, निरु लामा मेनेजमेन्ट च्वाईस अवार्ड र मनिता खड्गी बेष्ट पर्फमेन्स उपउपाधिका विजेता भए।

भिडियो हेर्नुहोस्

नायक रमित ढुंगाना, डा. रञ्जित कुमार झा, प्याब्सनकी उपाध्यक्ष दिपीका रिमाल थापा, प्राइम बैंककी मेनेजर अनिता प्रधान, डिएसपी लोकेन्द्र श्रेष्ठ, र द्धन्द्ध निर्देशक चन्द्र पन्त निर्णायक रहेको प्रतिायोगिताको कार्यक्रमलाई रोचक बनाउन विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरिएको थियो।

SUBSCRIBE 👉