किशोर खतिवडा देखिए पर्शुरामको भूमिकामा । चलचित्रको पोष्टर रिलिज


एक्सन, प्रेम र सामाजिक विषयबस्तुमा आधारित चलचित्र ‘पर्शुराम’को पोस्टर सार्वजनिक गरिएको छ। दाङमा छायांकन गरिएको चलचित्र ‘पर्शुराम’को घोराहीमा पत्रकार सम्मेलन गरी चलचित्रको पोस्टर सार्वजनिक गरिएकोहो।

Nepali-Movie-Parshuram-Poster-2

कार्यक्रममा बोल्दै चलचित्रका निर्माता महेन्द्र बुढाथोकीले चलचित्रको ९० प्रतिशत सुटिङ दाङमा र पाँच वटा गीत मध्य २ वटा गीतको सुटिङ सौराहा, लुम्बीनी, पाल्पा र पोखरामा गरिएको बताए। कार्यकारी निर्माता सविन प्रियासनले चलचित्रकालागि उच्चकोटीको प्रविधि प्रयोग गरिएका कारण हालसम्म ८० लाख भन्दा बढि खर्च भईसकेको र चलचित्र प्रदर्शनी सम्म करिव एक करोड लागत पुग्ने बताए। चलचित्रको साउनको दोस्रो साता सम्म रिलिज गर्ने तयारी गरिएको छ।

Nepali-Movie-Parshuram-Poster-1

चलचित्रमा नायक किशोर खतिवडाले पर्शुरामको भूमिकामा देखिएका छन्। नवनायीका जानभी बस्नेतले उनलाई साथ दिएकी छिन। उनि चलचित्रमा पत्रकारको सशक्त भूमिकामा देखा परेकी छन्। चलचित्रमा नवनायककारुपमा नवराज रावत, नव नायिकामा स्वस्ती क्षेत्रीले पनि अभिनय गरेका छन्।

व्ल्याक चिल्ली इन्टरटेटमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा लेखन तथा निर्देशन एनआर घिमिरेको रहेको छ। चलचित्रमा एकवटा आइटम डान्ससहित पाँचवटा गीतहरु समावेश छन्।

SUBSCRIBE 👉