पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘गाँठो’ले रिजिल अगाबै आफ्नो लगानी सुरक्षित गर्ने भएको छ। पछिल्लो समय नेपाली चलचित्रहरु नेपाली बजारको मात्र भर पर्नुपर्ने स्थिती बिस्तारै फितलो हुँदै छ। कमेरो इभेन्टले अष्ट्रेलियामा चलचित्र प्रदर्शनका लागी १५ लाखमा चलचित्र किनेको छ। साथै अष्ट्रेलिया बाटै अगष्ट २७ तारिक का दिन गाँठो’ को प्रिमियर हुँदै छ।
यस अघि नै ३५ लाखमा हाईलाईटस् नेपालले ‘गाँठो’को डिजिटल राईट्स किनेको छ। भ्याली भित्र वितरणको जिम्मा लिएका गोबिन्द शाही बाट १० लाख एडभान्स लिईसकेको र भ्याली बाहीर बितरक एफ.डीले मिनिमम २० लाख ग्यारेण्टी गरिसकेको छ।
अमेरिका र युकेका लागी ओभसिज राईट्सका लागी कुरा भैराखेको र केही दिनमा लगभग फाईनल हुने बताईएको छ। चलचित्रमा नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठ मुख्य भुमिकामा छन्। चलचित्र भाद्र ३१ गते देखि देशभर रिलिज हुदैछ।

