नेपाली संगीतिक क्षेत्रमा चर्चा कमाउँदै गायक कुमार


नेपाली संगीतिक क्षेत्रमा चम्कने आशमा धेरै नवकलाकारको प्रवेश हुन्छ तर थोरै मात्र दर्शक/श्रौताको मन जितेर आफ्नो सपना पुरा गर्न सक्षम हुन्छन्। तीनै प्रतिभाशाली गायकको सुचीमा पर्छन, कुमार लामा। उनको पहिलो गीत ‘गाउँको मैलैमा…’ नै हिट भयो, त्यो पनि विना भिडियो। पहिलो कोसेली नै श्रौतामाझ प्रिय बनेपछि कुमारको हौसला बढ्यो, ‘रिमझिम वर्षातको बेला…’ त्यसकै परिणाम हो। यो गीत युट्युबमा हेर्नेको संख्या हजारौं पुगेको छ भने यसले कुमारको व्यस्तता पनि बढायो। संगीतको औपचारिक शिक्षा लिएकाले पनि अगाडी बढ्न सजिलो भएको उनले बताए। आर.आर क्याम्पसबाट संगीतमा स्नातक गरेका छन् यी गायकले।

Kumar-Lama-Singer-2

‘अधुरो लाग्छ…’ कुमारको अर्को हिट गीत हो। फरक स्वादको सिर्जना भएकाले यो दर्शकले औधी रुचाइरहेका छन्, जसले कुमारलाई सांगीतक आकाशमा चम्कन थप प्रेरणा दिएको छ। उसो त उनी मिठो स्वरको धनीमात्र होइन, म्युजिक एरेन्ज र कम्पोजमा पनि उत्तिकै पोख्त छन्। आखिर संगीतका औपचारिक अध्ययन गरेका सर्जक न परे। नेपाली मात्र होइन्। दर्जनौ नेवारी गीतमा पनि उनले स्वर दिएका छन्। संगीत दिएका नेवारी गीतको संख्या पनि बढी छ।

स्यमम्भुमा जन्मिएका कुमारको संगीतप्रतिको मोह बाल्यकालबाटै पलाएको हो। आठ कक्षा पढ्दाबाटै उनी गाउन थालिसकेका थिए, त्यतिबेला पनि उनी घरै अभ्यास गर्थे। जबकी सुरुवाती दिनमा संगीतमा अगाडी बढ्न उनलाई परिवारको साथ थिएन तर संगीत प्रतिको उनको लगाव र सफलताले आज परिवार पनि खुशी छन्। त्यसैले पनि कुमारलाई दिलोज्यान दिएर संगीतमा अगाडी बढ्न सजिलो भएको छ। उनले गाएको गोपाल योञ्जनको ‘नेपाली नेपालको माया छ की छैन…’को कभर पनि उत्तिकै लोक प्रिय भइरहेको छ। कुमारले खुशी हुदै सुनाए, “मेरा हरेक गीत अडियन्सले मन पराउनु भएको छ। जसले मलाई संगीतबाट टाढा हुनै दिदैन। त्यसैले आगामी दिनमा सक्दो मिठो गीत पस्कने प्रयास गर्नेछु।”

यतिबेलाचाहीं कुमार नयाँ गीतको तयारीमा छन्। ‘लेकली ठिटो म..’ बोलको गीतको छायाँकन सकिएको छ। जसमा शब्द प्रकाश तमाङको छ भने संगीत कुमारकै। जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको गीतको भिडियोसन्चू थोकर र राजेन्द्र डंगोलले खिचेका हुन्।

SUBSCRIBE 👉