मोडल सुप्रियालाई कस्तो ‘लत लाग्यो’ ?


गायिका निशा देसार पछिल्लो समय फास्ट डान्सिङ गीतहरुमा रमाउन थालेकी छिन्। हालसालै सार्बजनिक ‘लत लाग्यो…’ बोलको म्युजिक भिडियो हेर्दा यस्तै लाग्छ ‘उनी आफुलाई भर्साटायल गायिकाको रुपमा परिचित बनाउन खोजिरहेकी छिन्।

Singer-Nisha-Desar-Supriya-Katwal

समन अधिकारीले निर्देशन गरेको ‘लत लाग्यो…’ बोलको गीतमा आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत छ। भिडियोमा मोडल सुप्रिया कटवालको ग्ल्यामरस हाउभाउलाई फ़िचरिङ्ग गरिएको छ। सुप्रियालाई पवनले अभिनयमा साथ दिएका छन्।

निशा देसारको डान्सिङ गीत भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

डेढ दशकदेखि संगीत क्षेत्रमा समर्पित निशा देशार सुरुका ५ / ६ वर्ष नेपा: भाषाका (नेवारी) गीतहरु गाइन्। उनले गाएको ‘तिम्रो मेरो सम्बन्धको…’ ‘जमाना खराब छ…’ ‘तिमी कुन जमानामा छौ…’ जस्ता गीतहरु चर्चित छन्।

SUBSCRIBE 👉