सिताराम पोखरेलको ‘आँखा भरि रङ्गीन सपना…’


लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक सिताराम पोखरेलको नयाँ गीत ‘आँखा भरि रंगिन सपना…’ को म्युजिक भिडियो मंगलबार काठमाडौंमा आयोजित एक समारोह बीच सार्वजनिक गरिएको छ। समारोहमा गायक पोखरेल, भिडियोका निर्देशक समन अधिकारी तथा नायिका सुप्रिया कटवालले संयुक्त रुपमा उक्त भिडियो रिलिज गरेका हुन्।

Sitram-Pokhrel-Rangeen-Sapana-Music-Video-Poster

गायक पोखरेलको पछिल्लो गीति एल्बम ‘सम्मान–२’ मा समावेश उक्त गीतमा शब्द स्व. दीपक कौडन्यको शब्द, किरण कँडेलको संगीत छ। भिडियोमा गायक पोखरेल, मोडल / नायिका सुप्रिया कटवाल तथा सञ्चारकर्मी सूर्य चन्दले अभिनय गरेका छन्। सुप्रिया राजकुमारीको भूमिकामा देखिएकी छिन् भने गायक पोखरेलले दरवारको भारदारको भूमिका निर्वाह गरेका छन्।

‘आँखा भरि रंगिन सपना…’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉