नेपालबाट पहिलो पटक मिष्टर वर्ल्डमा सहभागिता जनाउदै मिष्टर नेपाल


‘मिष्टर नेपाल २०१६’का बिजेता गणेश अग्रवालको ‘मिष्टर वर्ल्ड २०१६’ मा सहभागिता जनाउन बेलायत गएका छन्। जुलाई १९ बाट बेलायतको साउडपोर्टमा आयोजना हुने मिष्टर वर्ल्ड २०१६ मा नेपालको प्रतिनिधित्व गर्न उनी त्यसतर्फ लागेका छन्। अग्रवाललाई मिष्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बिदाई गरे। नेपालबाट पहिलो पटक मिस्टर वर्ल्डमा सहभागिता जनाउन लगिएको हो।

Mr-Nepal-Ganesh

१६ प्रतियोगीलाई पछि पार्दै ‘मिष्टर नेपाल २०१६’ का बिजेता बनेका अग्रवालले मिष्टर वर्ल्डमा ५० देशका प्रतियोगीहरु सँग उपाधिका लागी स्पर्धा गर्नेछन्।

आधुनिक डिजाइनमा तयार पारिएका नेपाली पहिरनमा सजिएर र्याम्पमा प्रस्तुत हुने अग्रवालले कार्यक्रममा नेपाललाई महिला सशक्तिकरणमा अगाडी लानी बिषयमा आफ्ना बिचार राख्नेछन्।

लामो समयको कसरतपछि यसबर्षबाट मिष्टर नेपालको बिजेता मिष्टर वर्ल्डमा पठाउन सफल भएको मिष्टर नेपाल आयोजक संस्थाका अध्यक्ष शाहीले बताए।
अब आयोजना हुने हरेक मिष्टर नेपाल बिजेताले मिस्टर वर्ल्डमा सहभागिता जनाउन पाउने उनले बताए।

सन् २००२ बाट नियमित रुपमा आयोजना हुादै आएको मिष्टर नेपालमा अहिलेसम्म रोहित थेवे, जिवन लुइटेल, गौतम सुवेदी, उज्वोल कार्की, सुमेस घिमिरे, डा.आयुस्मान कार्की, सुरेश गौली, सुरज चिल्वाल, सन्दिप पोखरेल बिजेता बनिसकेका छन्।

SUBSCRIBE 👉