गिनिज बुकमा नाम लेखाउने तयारी: एकै टेकमा ४ घण्टाको फिल्म ‘जालो’ र ‘जालो रिटर्न्स’


निर्देशक अराज केशवले चलचित्र ‘जालो र जालो रिटर्न्स’ एकसाथ बनाउने जमर्को गरेका छन्। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले सो कुराको जानकारी दिएका हुन्।

चलचित्र केवल एक टेकको मात्र हुनेछ अर्थात क्यामेरा अन गरेर रेकर्ड शुरु भएपछि एकै चोटी कट हुनेछ र छायांकन सकिनेछ। एस्तो चलचित्र बनाउने आफ्नो ७ बर्ष देखिको सपना भएको अराजले बताए। अराजकै लेखन रहेको यो चलचित्र करिब ४ घन्टाको हुनेछ।

Jaalo-Araj-Keshab-1

यो चलचित्र बनेपछि गिनिज बुकमा नाम समेत नाम लेखाउने तयारीमा अराज लागेका छन्। अराजले भने- “हामी गिनिज बुकमा नाम लेख्ने तयारीका साथ यो चलचित्र बनाउँदै छौ।” उनका अनुसार चलचित्रमा प्रेम, कमेडी, सस्पेन्सका सबै दृश्यहरु शमबेश हुनेछन्।

Jaalo-Araj-Keshab-2

चलचित्र छायाँकनमा निकै जोखिम भएपनि आफूहरु यसकालागि तयार भएको निर्माता मोहित मुनालले बताए। उनले भने – “२ वटा चलचित्र संसार मा नै पहिलो पटक एकै सटमा खिचेर तयार गर्ने र गिनिज बुकमा नाम लेखाउने सोच हाम्रो छ।” हरी लामाको छायांकन रहने चलचित्रको छायांकन असोजमा हुनेछ।

Jaalo-Araj-Keshab-3

चलचित्रमा करिब ६० जना कलाकार हुनेछन्। अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, बर्षा सिवाकोटी, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहनेछ।

SUBSCRIBE 👉