जन्मदिनको अवसर पारेर गायिकाको एल्बम ‘प्रीशा’ सार्बजनिक


अमेरिकामा जन्मिएकी बाल गायिका प्रीशा श्रेष्ठले गाएका बाल गीत तथा राष्ट्रिय गीतहरुको एल्बम ‘प्रीशा’ काठमाडौंमा लोकार्पण गरिएको छ। गीतकार डा.कृष्णहरी बराल, संगीतकार सुरेश अधिकारी, निर्देशक आकाश अधिकारीसहितको समुहले उक्त एल्बम सार्वजनिक गरेको हो। गायिका प्रीशाको नवौं जन्मदिनको अवसर पारेर यो एल्बम सार्वजनिक गरिएको हो।

Prisha

विमोचित एल्बममा वसन्त सापकोटा, सुरेश अधिकारी, बिमल पराजुली तथा ज्योती श्रेष्ठद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएको छ। प्रकाश सुवेदी, छाया दत्त न्यौपाने, निरुता खतिवडा तथा इनिमेनिले एल्बमका गीतहरु रचना गरेका छन्।

एक वर्षअघि नेपाल आउँदा नेपाली भाषा समेत बोल्न नजान्ने प्रीशालाई संगीतकार सुरेश अधिकारीले नेपाली भाषासहित नेपाली संगीत समेत सिकाएका हुन्।

समारोहमा गायिका श्रेष्ठले एउटा गीत गाएर सुनाएकी थिइन् भने अर्को एउटा गीत ‘जति माया लाग्छ मामुको’ गीतको म्युजिक भिडियो पनि देखाईएको थियो। भिडियोको निर्देशन रमेश बाबु नेपालले गरेका हुन्।

गायिका श्रेष्ठको जन्म दिनको अवसर पारेर उनकी आमा सिर्जना उप्रेतीले सुनाकोठी, ललितपुरका शारीरिक रुपले अशक्त हरि थापालाई नगद रकम सहयोग गरेकी थिइन्।

SUBSCRIBE 👉