हल्का हल्का भन्दै पल शाह सँग श्रीषाको अनस्क्रिन रोमान्स


यसै वर्ष एसएलसी उत्तिर्ण गरेकी १६ वर्षीय श्रीषा कुँवर गायिकाको रुपमा उदाएकी छिन्। गायक तथा संगीतकार तुला पर्वतकी यी छोरीले स्थापित संगीतकार शिखर सन्तोषको संगीत तथा आनन्द अधिकारीको शब्दमा गाएको ‘हल्का हल्का…’ गीतको म्युजिक भिडियो रिलिज भएको छ।

Halka Halka…, Shrisha Kunwar’s onscreen romance with Paul Shah

प्रसन्न पौडेलले निर्देशक गरेको म्युजिक भिडियोमा गायिका कुँवरले अभिनेता पल शाहसंग अनस्क्रिन रोमान्स गरेकी छिन्। विदुर पाण्डेले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। श्रीषाको म्युजिक भिडियो “हल्का हल्का…” हेर्न यहाँ क्लिक गर्नुहोस्

कक्षा तीनमा अध्ययतर छँदा देखि गायक बुवा तुला पर्वतसंग संगीतको प्रशिक्षण लिएकी श्रीषाले सानै उमेरमा गायक राजु परियारसंग ‘जीवन अधुरो…’ शीर्षकको लोक गीत गाएकी थिइन्। ‘आज त म हुँ कोपिला…’ शीर्षकको बाल गीतमा पनि श्रीशाकै स्वर सुन्न सकिन्छ। सानैदेखि गायिका बन्ने लक्ष्य लिएकी श्रीषाले संगीतकर्मी शारदा क्षेत्रीसंग चार वर्षको उमेरमा संगीत तथा गायनको प्रशिक्षण लिन थालेकी थिइन्। क्षेत्रीसंग उनले करिव चार वर्ष प्रशिक्षण लिएकी छिन्। भरखरै कक्षा ११ को अध्ययन प्रारम्भ गरेकी श्रीषा यतिबेला संगीतकर्मी चन्दन श्रेष्ठसंग संगीतको थप प्रशिक्षण लिने क्रममा छिन्।

सुन्दर मुहारकी धनी श्रीषाले आफ्ना गायक बुवा तुला पर्वतका केही गीतमा समेत मोडलिङ गरिसकेकी छिन्। ‘हल्का हल्का…’ मा गरिएको अभिनयबाट प्रसंशा पाएकी श्रीषा आगामी दिनमा समेत आफ्ना गीतमा आफैं मोडलिङ गर्ने बताउाछिन्। गायिका आस्था बी की फ्यान श्रीषा गायिकाहरु ईन्दिर जोशी तथा आस्था राउतको गायनबाट पनि प्रभावित छिन्।

SUBSCRIBE 👉