टोरोन्टोमा गुञ्जियो धिमे, मादल, चाँप र खैजडी । नेपाली धूनमा विशेष आकर्षण


टोरोन्टो, क्यानाडा। टोरोन्टोको पश्चिम भेगस्थित ईटोबिकोकमा १० बर्षदेखि निरन्तर संचालन हुँदै आएको “फ्युजन अफ टेस्ट” मेलामा यस वर्ष नेपाली धिमे बाजा र खैजडी प्रमुख आकर्षण बन्यो। नेवारी बाजा धिमे र भुस्याबादन प्रस्तुत हुँदा नेपाली त रमाउने नै भए साथमा क्यानेडेली र अन्य समुदायका दर्शकहरुले समेत कम्मर मर्काउन थालेपछि वातावरण रौनकमय बन्यो।

fusion-of-festival-canada

बहु सांस्कृतिक नगरी टोरोन्टोमा बसोबास गरि रहेका विभिन्न समुदायले आ-आफ्नो संस्कृति प्रबर्द्धन गर्ने हेतुले आयोजित कार्यक्रममा धिमे बाजाको अगाडि पश्चिमेली ड्रम र गीतार फितलो भएको महसुस गरिएको थियो। धिमे बाजाको चर्कोआवाज पछि मादल, वाासुरी, चाँप र खैजडी धुनले थप आनन्द भएको आभास अन्य समुदायले समेत गरे। नेपाली परम्परागत बाजा धिमेको चर्को धुन र मादल तथा खैजडीको मधुर धुनले दर्शकलाई नयाँ पनको आभास दिएको वाद्यवादक उत्तम कुमार माकजुले बताए।

प्रसिद्ध मादल बादक सानुराजा महर्जन सहितको नेपालीलोक संगीत समुहले नेपाली लोक धून प्रस्तुत गरेपछि ‘यो दाजुको मिर्मिरे आाखामा, ‘छातीमा मेरो यो छोटो भोटो’ भाकाका प्रशिद्ध नेपाली लोक गीतहरु लाईभ प्रस्तुत गरिएको थियो भने ‘ढुंगे बगर माया ढुंगे बगर’ बोलको गीतलाइ धिमे, मादल, भुस्या, बाँसुरी र पन्चे बाजाको तालमा प्रस्तुत गरिएको थियो।

चाँप, बाासुरी, खैजडी को सहयोगमा पाश्चात्य सांगीतिकतालमा ‘धिमे सोलो’ प्रस्तुत गरिंदा मेलाको माहौल थप रोमाञ्चक भएको थियो। लोक बाजा समुहमा सानुराजा महर्जन लगायत प्रदीप बाास्कोटा, बिजु सिंह, उत्तम माकजु सामेल थिए।

नेपाली समुहको प्रस्तुति अरु भन्दा पृथक र मौलिक भएकोले दर्शकहरुले धेरै नै रुचाइएका थिए। टोरोन्टो महानगर पालिकाका उप-मेयर भिन्सेन्ट क्रिसन्तिलगायतका बिशिस्ट पाहुनाहरु नेपाली वाद्यवादन बाट प्रभावित बनेको मेला आयोजक समिति तथा अल्बियन ईस्लिङ्ग्तन ब्युजिनेस इम्प्रोभमेंट एरियाकाबोर्ड अफडाइरेक्टर अतुल सुबेदीले बताए।

लोक संगीत समुहले गत मे महिनामा टोरोन्टोको मध्य क्षेत्र नर्थयोर्कमा भएको ‘ग्लोबल भिलेज फेस्टिवल’मा नेपाली समुदायको क्यानेडियन नेवा गुठिको तर्फबाट पनि नेपाली तथा नेवारी लोक धून प्रस्तुत गरेका थिए।

SUBSCRIBE 👉