च्यारिटीका लागि मोडल तथा नायिकाहरुको क्याट वल्क – ओरियन फेसन शो-२०१६


११ वर्षदेखि सञ्चालनमा रहेको ओरियन बुटिकले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्ने उदेश्यले ‘द ओरियन फेसन शो-२०१६’ आयोजना गर्ने भएको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ १० गते शुक्रवार यो फेसन शो आयोजना गरिने जानकारी दिएको छ।

the-orion-fashion-show

१८ जना व्यवसायिक मोडलहरुले क्याटवाक गर्ने फेसन शो भदौ १० गते आर्मी अफिसर्स क्लबमा हुनेछ। अश्विनी झाले कोरियोग्राफी गर्ने फेशन सोमा आधा दर्जन नायिकाहरुले समेत क्याटवाक गर्नेछन्। ओरियल बुटिकका पहिरनहरु प्रदर्शन गर्दै प्रोफेशनल मोडलहरुले र्याम्प नाप्ने छन् भने नायिकाहरु श्वेता खड्का, सम्पदा बानियाँ, नीता ढुंगाना, अशिष्मा नकर्मीले सेलिब्रेटी वाक गर्नेछन्।

फेसन शोबाट संकलित रकम ‘डाउन सिन्ड्रम सोसाइटी अफ नेपाल, बर्न भ्वाइलेन्ट सर्भाइभर्स नेपाल तथा बेबी लाइफ होम’लाई प्रदान गरिने आयोजक संस्थाकी प्रमुख निलम शाही ठकुरीले बताएकी छिन्।

कोरियोग्राफर झाले फेसन शोमा डाउन सिन्ड्रम सोसाइटी अफ नेपालका बालबालिका तथा किशोर-किशोरी, बेबी लाइफ होममा आश्रति एचआईभी पिडित बालबालिका तथा बर्न भ्वाइलेन्ट सर्भाइभर्समा रहेका महिलाहरुले समेत पहिरन प्रदर्शन गर्ने बताए।

विभिन्न चार सिक्वेन्स मार्फत पहिरन प्रदर्शन गरिने फेसन शो को क्रममा सांगीतिक कार्यक्रम तथा नृत्यका कार्यक्रम समेत प्रस्तुत गरिने बताईएको छ।मनोरञ्जनात्मक गतिविधिहरु सहितको उक्त फेसन शोमा करिव ७ सय दर्शकको अपेक्षा आयोजकले गरेको छ।

SUBSCRIBE 👉