ग्ल्यामर नेपाल, काठमाडौं । धराने सुन्दरी सुबिन लिम्बुले यस वर्षको ‘फ्यान्टा मिस नेपाल २०१४ वल्र्ड’को ताज चुमेकी छन् । मिस मंगोल २०१० की उपविजेता समेत रहेकी २३ वर्षीया लिम्बुले १८ सुन्दरी प्रतिष्पर्धीलाई उछिन्दै शीर्ष ताज पहिरिएकी हुन्। ताजसँगै उनले नगद एक लाख रुपैंइाँ पनि हात पारिन् । काठमाडौं(बालाजु) की प्रिन्सा श्रेष्ठ ‘मिस नेपाल २०१४ अर्थ’ बन्दै फष्ट र पोखराकी सोनी राजभण्डारी ‘मिस नेपाल २०१४ इन्टरनेशनल’ बन्दै सेकेण्ड रनरअप घोषित भईन्। प्रिन्साले ‘मिस कम्प्लेक्सन’ र ‘मिस ब्युटी विथ पर्पोज’ तथा सोनीले ‘मिस फ्रेण्डसिप’ र ‘मिस स्टाइलिष्ट’को विधागत अवार्ड पनि चुमे। प्रिन्सा ‘मिस टिन कलेज–२००८’ की विजेता हुन् । प्रिन्साले ६५ र सोनीले ४० हजार रुपैंयाँ पोल्टामा पारे।

Miss Nepal 2014 – Subin Limbu | 1st Runner Up – Prinsha Shrestha | 2nd Runner Up – Sonie Rajbhandari
हिड्न ट्रेजरले आयोजना गरेको १८ औं संस्करणको प्रतियोगितामा ललितपुरकी प्रनयना केसीले ‘मिस पर्सनालिटी’, चितवनकी शीतोष्णा बन ‘मिस फोटोजेनिक’, काठमाडौंकी अलिसा कुँवर ‘मिस पक्च्वालिटी’, रसुवाकी लाक्पा वाङमो तामाङ ‘मिस ट्यालेन्ट’, रसुवाकै लाक्पा वाङवो शेर्पा ‘मिस पब्लिक’, पोखराकी रश्मी अधिकारी ‘मिस ब्युटी’को विधागत अवार्ड जिते । उनीहरुले जनही १० हजार रुपैंयाँ प्राप्त गरे।
प्रतियोगिताको निर्णायकमा अनिल मलिक, प्रणय राज स्थापित, साहना बज्राचार्य, प्रमदा शाह, नम्रता शर्मा, आशुतोष तिवारी, सिवानी थापा बस्नेत, सुर्य ज्योती, सविना श्रेष्ठ प्रधान थिए भने प्रमुख निर्णायकमा पूर्व सेनापती रुक्मांगत कुटवाल थिए।


