कान्तिपुर फिल्म एकेडेमिका ३९ बिधार्थि ग्राजुएट


गत बर्ष स्थापना भएको कान्तिपुर फिल्म एकेडेमिमा अध्ययन गरेका पहिलो ब्याचका बिधार्थिहरुलाइ एक कार्यक्रमको आयोजना गर्दै ग्राजुएट गरिएको छ। चलचित्र सम्बन्धित बिबिध बिधामाअन्तराष्ट्रिय स्तरको शिक्षा दिने उदेश्यले खोलिएको कान्तिपुर फिल्म एकेडेमि को उक्त ग्राजुएसन कार्यक्रममा बिधार्थिहरुले बनाएका छोटा चलचित्रहरु पनि प्रर्दशन गरियो।

अभिनय तर्फको बिधामा १३ जना, फिल्म मेकिङ बिधामा ९ जना तथा सिनेमाटोग्राफि बिधामा १८ जना बिधार्थि ग्राजुएट भएका हुन्। चलचित्र बिकाश बोर्डका अध्यक्ष तथा सुचना तथा सन्चार मन्त्रालयका सह सचिव रामचन्द्र ढकालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा बिधार्थि, अभिभावक, संचारकर्मी तथा सेलिब्रेटीहरुको उपस्थिति थियो।

ग्राजुएट हुने बिधार्थिहरुलाइ शुभकामना दिदै बिकाश बोर्ड अध्यक्ष ढकालले चलचित्रको अध्ययनमा बिधार्थिहरुको रुचि बढ्नु सकारात्मक बिषय भएको बताए। यस्तै एकेडेमिका अध्यक्ष छबिराज ओझाले आगन्तुक पाहुना लाइ स्वागत गरेका थिए भने सिइओ प्रकाश पुरीले एकेडेमिको बारेमा जानकारी दिएका दिएका थिए।

SUBSCRIBE 👉