चलचित्र ‘फुर्के’को फष्टलुक कमेडी पोस्टर


भद्र भुजेल निर्देशित चलचित्र ‘फुर्के’को फष्टलुक पोस्टर बाहिरिएको छ। चलचित्रका प्रस्तुतकर्ता एम.बि राउतले सामाजिक संजाल मार्फत फष्टलुक सार्वजनिक गरेका हुन्। फष्टलुकमा चलचित्रका तीन कलाकार देखिएका छन्। ति मध्य दुईले हातमा कुखुराको भाले लिएका छन्। फष्टलुक अनुसार चलचित्रमा कमेडी शैलीको कथा रहेको अुनमान लगाउँन सकिन्छ। चलचित्रको पोष्टर कमल श्रेष्ठले तयार पारेका हुन्।

चलचित्रमा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय छ। देबेन्द्र खड्का र मानबहादुर राउत निर्माता रहेको चलचित्रको सह–निर्माता कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत र आषिस रहेका छन्। चलचित्रका कार्यकारी निर्माता बखत बिष्ट हुन्।

चलचित्रमा नबिन पन्तको लेखन, बिष्णु बरालको छायाँकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन छ। सुनिल मानन्धरले बितरण गर्ने यो चलचित्र १२ माघबाट देशभर प्रदर्शनमा आउँदैछ।

SUBSCRIBE 👉