ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली नयाँ वर्षको मौका पारी राजधानीको होटल हायातमा आयोजित एक कार्यक्रममा उपस्थित आएकी इन्डो–क्यानेडियन पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनलाई कमैमात्र नेपाली नायिकाले भेट्ने मौका पाए। नायिका निशा अधिकारीले त उनलाई भेटेर फेसबुकमै फोटो पनि राखिन्। तर सनीलाई भेट्न नपाएका केही नायिकाहरुले भने यी हट शरीर भएकी अभिनेत्रीलाई भारतको सिक्किममा भेट्ने मौका पाउने भएका छन्।
आगामी असार ७ गते सिक्किममा रहेको एक क्यासिनो र होटलको वार्षिकोत्सवको अवसर पारेर आयोजना हुन लागेको कार्यक्रममा नेपालबाट प्रियंका कार्की, सुष्मा कार्की र अर्चना डेलालाले सहभागिता जनाउन लागेका हुन्। उक्त कार्यक्रममा सनीले हट नृत्य पनि प्रस्तुत गर्ने बताइएको छ। नेपाली गायिका आस्थाबीको पनि कार्यक्रममा सांगीतिक प्रस्तुति रहनेछ। स्रोतका अनुसार अर्चनाले फिल्म ‘रामलीला’ को शीर्ष गीत र ‘जिक ज्याक जवानी’ बोलको गीतमा नृत्य प्रस्तुत गर्नेछिन् भने प्रियंका र सुष्माले पनि आइटम नम्बर प्रस्तुत गर्नेछन्।