भिएफएक्ससहित सम्पादनमा ‘नालापानी’


काठमाडौ । नालापानी युद्धको ऐतिहासिक कथामा निर्माण गरिएको फिल्म ‘नालापानी’ सम्पादनमा पुगेको छ । निर्देशक रिमेश अधिकारी निर्देशित फिल्म भीएफएक्ससहित बिजिबी इन्टरनेशनलमा धमाधम सम्पादन भैरहेको छ । निर्देशक अधिकारीका अनुसार भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य छायांकनमा फिल्मका सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरेका थिए ।

निर्देशक अधिकारीले फिल्मको छायांकन आफुले सोचे जस्तै भएको र यो फिल्म उदाहरणीय बन्ने बताए । नयाँ बर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिईएको यो फिल्म विभिन्न ऐतिहासिक स्थानहरुमा छायांकन भएको छ । फिल्मका निर्माता मनोज शाक्यका अनुसार फिल्ममा ऐतिहासिक स्थानहरुको दृश्य आवश्यक रहेकोले जोखिम मोलेरै भएपनि ती स्थानहरुमा छायांकन गरेको बताए ।

प्राचार्य रामराजा कुँवर र प्राडा धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित ‘नालापानी’ बनिरहेको छ । फिल्ममा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

SUBSCRIBE 👉