अमेरिका हुँदै नेपाल भित्रिने भो निरजको स्टुपिड मन


Stupid-mann-niraj-baral

ग्ल्यामर नेपाल, काठमाडौं । अभिनयमा रहँदारहँदै फिल्म निर्माणमा हात लागेका अभिनेता निरज बरालले निर्माण गरेको पहिलो फिल्म ‘स्टुपिड मन’को अमेरिकामा ग्राण्ड प्रिमियर गरिने भएको छ। क्यालिफोर्नियामा आगामी अगष्ट २ मा फिल्मको प्रिमियर गर्न लागिएको हो।

अभिनेता तथा निर्माता बरालका अनुसार अमेरिकामा रहेका प्रिन्स युवराज कार्की, सुजित सिंह र नुरेन बरालले अमेरिका प्रिमियरको व्यवस्थापन गर्नेछन्। प्रिमियरमा बरालले फिल्मका तर्फबाट सहभागिता जनाउनेछन्। ‘फिल्मको प्रोमो र गीत रिलिज भएपछि विदेशबाट रिलिजको लागि माग भइरहेको छ, त्यसैकारण यसको शुरुवात हामीले अमेरिकाबाट गर्न लागेका हौं’ बरालले भने। फिल्मको पुरै दृश्य थाइल्याण्डको फुकेटमा खिचिएकोले अमेरिकापछि फुकेटमा पनि यसको प्रिमियर गरिने बरालले जनाए।

शुभ फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्मका निर्देशक दिवाकर भट्टराई हुन्। लभस्टोरी फ्लेबरको फिल्ममा विवेक शाहीसमेत लगानी छ। फिल्ममा जीवन लुँइटेल, चाँदनी शर्मा, निरज बराल, रिजु श्रेष्ठ, माटिर्न खानलगायतका कलाकारले अभिनय गरेका छन्। अर्जुन पोखरेलको संगीत, दीर्घ खड्काको सम्पादन रहेको फिल्ममा संजय लामाको छायांकन छ। फिल्म भदौ २० बाट अल नेपाल रिलिज हुँदैछ।

‘स्टुपिड मन’को पोस्टर हेर्नुहोस् – CLICK HERE

‘स्टुपिड मन’को भिडियो गीत तथा ट्रेलर हेर्नुहोस् – CLICK HERE

SUBSCRIBE 👉