निर शाहलाई हार्ट अट्याक । उपचारार्थ गंगालाल हस्पिटल सिसियू कक्षमा


nir-shah
ग्ल्यामर नेपाल, काठमाडौँ । वरिस्ट चलचित्रकर्मी निर शाहलाई हृदय घात (हार्ट अट्याक ) भएको छ। शनिबार मध्यान्न आफ्नै निवासमा आराम गरेर बसिरहेका शाहलाई हार्ट अट्याक भएको थियो। शनिबार नै शाहलाई बाँसबारी स्थित गंगालाल हस्पिटलको सिसियू कक्षमा उपचारार्थ भर्ना गरिएको छ।

हाल उनको अवस्था सामान्य रहेको कुरा अस्पताल पुगेका चलचित्र कर्मी सुमन दाहालले बताएका छन्। शाहलाई भेट्न हस्पिटलमा फिल्मकर्मीहरुको बाक्लो भिड लागेको छ।

शाहको चाडो भन्दा चाडो स्वास्थ्य लाभ को कामना !!! – ग्ल्यामर नेपाल परिवार

SUBSCRIBE 👉