ताण्डव प्रमोसनलाई डिजिटल गेम


Namrata-Tandav
ग्ल्यामर नेपाल, काठमाडौँ । आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ताण्डव’ले आफ्नो प्रमोसनका लागि खाली ठाउँ भर्ने किसिमको खेल सार्वजनिक गरेको छ । यो गेममा इन्टरनेट प्रयोगकर्ताले फिल्मबारे खाली राखिएको ठाउँमा ड्रयाग गरेर सूचना भर्नुपर्नेछ । फिल्मका निर्माता मोहन डोटेलका अनुसार पोष्टरमाथि गेम खेल्न सकिनेछ ।

मुर्रे केर निर्देशित फिल्मले ग्याङस्टार र थ्रिलरको कथा बोकेको छ । यो गेम खेल्न प्रदर्शन मिति, कलाकारको अनुहार, फिल्मको नामलगायतका कुरा भर्नुपर्नेछ । स्म्यासिङ एप्पलले बनाएको फिल्ममा नम्रता श्रेष्ठ, आशिष राना ‘लाहुरे’, अनुप बराल, प्रमोद अग्रहरीलगायतको अभिनय रहेको छ ।