
चलचित्र ‘वरिष्ठ बलराम’ मा शमबेश गीत ‘न्याउली बनैमा’ को भिडियो रिलिज भएको छ। प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त र शान्ती श्री परियारको स्वर सुन्न सकिन्छ। गीतमा एकअर्कालाई मन पराउने प्रेमि जोडीको कथा छ। गीतको भिडियोमा चलचित्रका दुई कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ।
सुरेन्द्र पौडेल निर्देशित यो चलचित्रमा विजय र समृद्धि संगै दयाहाङ राई, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारहरुको अभिनय छ।
🎬‘वरिष्ठ बलराम’को ‘न्याउली बनैमा’ भिडियो गीत हेर्न यहाँ क्लिक गर्नुहोस
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन्।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न रमणीय स्थानहरुमा गरिएको हो। चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ। यो चलचित्र कात्तिक ६ गते भाइटीका को दिन देखि प्रदर्शनमा आउने छ।
