ग्ल्यामर नेपाल, काठमाडौं । राष्ट्रिय भावना, सामाजिक परिवेश, राजनैतिक अतिक्रमण, थिचोमिचो, बाह्य हस्तक्षेप एवं जनजीवनका कथा प्रस्तुत गरिएको फिल्म ‘जन्मभूमि’ को डबिङ अन्तिम चरणमा पुगेको छ । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको फिल्मको एकसाथ कलर करेक्सन तथा पाश्र्व संगीतको काम पनि भइरहेको छ ।
फिल्ममा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाज र मोहन निरौलाले अभिनय गरेका छन् । फिल्ममा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेबिका कार्की र अग्रीम गिरी रहेका छन् । चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियको गीत रहेको फिल्ममा शंकर बिसीको नृत्य, अष्ट महर्जनको द्वन्द्व, शान्ति प्रियको कास्टिङ डिरेक्सन र युवराज राईको छायांकन रहेको छ ।
सुरज गिरीको लगानी रहेको फिल्म आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर रिलिज हुनेछ । थुप्रै टेलिश्रृंखलाको लेखन, निर्देशन अभिनय तथा फिल्ममा लेखन तथा अभिनय गरेका निरौलाले यस अघि ‘पुकार’ र २०५२ सालमा पनि ‘जन्मभुमि’ नामक फिल्मकै निर्देशन गरेका थिए ।