ग्ल्यामर नेपाल, काठमाडौं। पटक–पटक मिति सारेको कारण नेफ्टा अवार्ड आयोजकले तीन चर्चित कलाकारलाई गुमाएको छ। अभिनेता जीवन लुइँटेल, अभिनेत्रीद्वय सञ्चिता लुइँटेल र प्रियंका कार्की अवार्डमा छुट्ने भएका हुन्। उनीहरु अर्वाड छाडेर एनसेलको कन्सर्टमा सहभागी हुने पक्का भएको छ। अवार्ड हुने जनावरी ३१ तारिखमै मलेसियामा एनसेलको भव्य कन्सर्ट हुँदैछ।

अवार्डमा प्रस्तुति दिनको लागि नायिका प्रियंकाले केही समय डान्सको रिहर्सलसमेत गरेकी थिइन्। तर पहिले तोकिएको अवार्डको मिति स्थगित भएकोले कार्यक्रम जुधेको उनको भनाई छ। उनले जनावरी ३१ तारिखका लागि पहिले नै एनसेलसँग सम्झौता भएकोले आफू अवार्डमा सरिक हुन नसक्ने बताइन्। प्रियंकासहित जीवन र सञ्चिता तीन दिन एनसेल टुरमा व्यस्त हुनेछन्। सञ्जिता लामो समयपछि स्टेजमा प्रस्तुत हुँदैछिन्।

नेपाल प्राविधिक संघको आयोजनामा हुन लागेको छैटौं नेफ्टा अवार्डका लागि राजेश हमाल, करिष्मा मानन्धर, रेखा थापा, आर्यन सिग्देल, नम्रता श्रेष्ठ, गजीत विष्टसहित झन्डै एक सय कलाकार तथा प्राविधिक र पत्रकार मलेसिया उड्दैछन्। मलेसिया जानकै लागि निरुता हिजो मुम्बईबाट काठमाडौं आएकी छिन्। अवार्डमा वरिष्ठ कलाकार निर शाहलाई ‘अभिनय शिरोमणी’को उपाधी दिइँदैछ।
होम » फिल्मी न्युज / गसिप » नेफ्टा छाडेर तीन चर्चित कलाकार एनसेलको कन्सर्टमा
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि भारतमा रिलिज हुने
वैशाख २६ गते नेपालमा देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्न सफल चलचित्र 'ऊनको स्वीटर' अब...
अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ हेर्न सकिने
५ प्रमुख एयरलाइन्सले नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ लाई आफ्ना अन्तर्राष्ट्रिय उडानमा स्ट्रिमिङ थालेका छन्। यात्रुले अब यो फिल्मलाई इन-फ्लाइट मनोरञ्जनका...
नेपालीको जवानी अष्ट्रेलियामा लगानी – अष्ट्रेलिया पुगेका युवाहरुको सपना
नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई उजागर गर्ने फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यो फिल्म...
‘परालको आगो’ छायाँकन सकिए लगत्तै रिलिज मिति घोषणा
करिब पाँच दसक अघि रिलिज भएको प्रताप सुब्बा निर्देशीत फिल्म 'परालको आगो' त्यो बेला अत्याधिक सफल भएको थियो। सोहि नामको अहिले नयाँ फिल्म निर्माण भईरहेको छ। नयाँ...
निर्देशक सुदीप्ताको फिल्म ‘रमिताको पिरति’ अफिसियल टिजर
निर्देशक सुदीप्ताको फिल्म 'रमिताको पिरति' ले एक युवतीको मनोविज्ञान कथा उजागर गर्ने संकेत गर्छ।
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
स्टारबोस कफीको ब्रान्ड एम्बेसडरमा मिस नेपाल २०२० – नम्रता श्रेष्ठ
टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले मिस नेपाल नम्रता श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडर बानाएको छ। ब्रान्डप्रति ग्राहकको विश्वास र...
पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज कहिले?
सुशान्त गौतम निर्देशीत चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ पोस्टर सार्बजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको छ। यो चलचित्रको प्रदर्शन मिति पटकपटक...
‘बाटुलो जून’मा अनमोलको जोडी नेन्सी कि प्रिन्सी ?
अभिनेता भुवन केसीको निर्देशनमा निर्माणाधीन चलचित्रमा अनमोल केसी, नेन्सी खतिवडा र प्रिन्सी खतिवडाको मुख्य भूमिकामा देखिदै छन्। तर 'नेन्सी र प्रिन्सीमा अनमोलको...
गायिका सुनिता दुलालले आफ्नो प्रेमी सँग कसिन लगनगाँठो (तस्विरहरु)
४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमी राजेश केसी सँग गायिका सुनिता दुलालले बिवाह गरेकी हुन्।
मार्मिक स्लोगन सहित फिल्म ‘आ बाट आमा’ को २ पोस्टर सार्वजनिक
ग्रामीण परिवेशमा आधारित फिल्म ‘आ बाट आमा’ निर्माण पक्षले मार्मिक स्लोगन सहित फिल्मको दुई पोस्टर सार्बजनिक गरेको छ।
डकुड्रामा ‘मौन’ को टिजर रिलिज, रोकिएका शो पुनः सञ्चालन गर्दै निर्देशक
रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’ को टिजर रिलिज गरिएको छ। १ मिनेट १४ सेकेण्ड लामो टिजर भिडियो आमा छोरीको भावनात्मक कथा केन्द्रित छ।
