अन्तरजातीय प्रेमकथा ‘जदौ’को रिलिज डेट फाइनल, पोस्टर रिलिजसँगै चुलियो चर्चा

जदौ को नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ। अन्तरजातीय प्रेमकथामा आधारित यो फिल्म मा मुकुन भुसाल, रिचा शर्मा र नीति शाह मुख्य भूमिकामा रहेका छन्।


अन्तरजातीय प्रेमकथामा आधारित नेपाली फिल्म जदौ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ।

अन्जन शर्मा र काजी लिम्बु को संयुक्त निर्देशनमा तयार भएको यस फिल्मको पोस्टरमा मुख्य कलाकारहरू फरक–फरक भावमा देखिएका छन्। मुकुन भुसाल, रिचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा को अभिव्यक्तिले फिल्मको भावनात्मक गहिराइ संकेत गर्छ।

सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो फिल्मले समाजमा अझै पनि विद्यमान अन्तरजातीय सम्बन्धका चुनौती र संघर्षलाई कथा बनाएको छ।

फिल्मका सह–निर्मातामा रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी रहेका छन्। छायांकन श्याम तामाङ ले गरेका हुन् भने कथा तथा पटकथा निर्देशक काजी लिम्बुले नै तयार पारेका छन्।

फिल्ममा सिपी पुडासैनी (धतुरे), बिनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, खड्गबहादुर पुन (खबपु), विशाल पहाडी, सुन्दर धिताल र नरेश पौडेल लगायत कलाकारहरूको पनि अभिनय रहनेछ।

गीततर्फ अर्जुन पोखरेल र बाबुल गिरीको संगीत समावेश गरिएको छ भने कोरियोग्राफी रामजी लामिछाने ले गरेका छन्।

पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा फिल्मप्रति दर्शकको उत्सुकता बढेको देखिएको छ। निर्माण टिमले छिट्टै ट्रेलर र अन्य प्रचार सामग्री सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

फिल्मको वितरण एनसीजीएनले गर्नेछ भने हाई टेक इन्टरटेन्मेन्ट डिजिटल पार्टनरको रूपमा जोडिएको छ। ‘जदौ’ आगामी भदौ १२ गतेबाट देशभरका हलमा आउनेछ।


यो पनि पढ्नुहोस्: शोषणविरुद्ध आवाज: ‘लालीबजार’ ट्रेलरले देखायो कडा यथार्थ


SUBSCRIBE 👉