
फिल्म ‘पार्वर्ती’ले छायांकन चरण सफलतापूर्वक पूरा गरेको छ। Nita Dhungana को निर्देशनमा बनेको यो फिल्म २२ दिनमै सुटिङ सम्पन्न भएको निर्माण टिमले जनाएको छ। जुन निर्धारित समयभन्दा करिब एक हप्ता अगाडि हो।
गत चैत २४ गते कास्कीको Machhapuchchhre Rural Municipality अन्तर्गत मिर्सा गाउँमा शुभमुहूर्त गर्दै सुरु गरिएको छायांकन तीव्र गतिमा अघि बढाइएको थियो। प्रारम्भिक रूपमा एक महिनाको तालिका तय गरिए पनि टिमको सक्रियताले निर्धारित समयभन्दा ८ दिन अगाडि काम सकिएको हो।
फिल्ममा निर्देशक Nita Dhungana स्वयं मुख्य भूमिकामा देखिँदैछिन्। उनका साथमा Deepa Shree Niraula, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको कथा र पटकथा पनि नीताले नै तयार पारेकी हुन् भने स्क्रिप्ट लेखनमा Shivam Adhikari को योगदान रहेको छ। छायांकन Sudip Baral ले गरेका छन्।
क्रियटिभ पक्षमा Saroj Adhikari को भूमिका महत्वपूर्ण रहनेछ। म्युजिक भिडियोमार्फत चर्चामा आएका उनी यस फिल्ममार्फत पहिलो पटक क्रियटिभ निर्देशकको रूपमा जोडिएका हुन्।
निर्माण टिममा शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता छन् भने हरिहर अधिकारी निर्माता रहेका छन्। सम्पादन साहिल खानले गर्नेछन् र पोस्टर डिजाइन रोयल भिमसेनले तयार पार्नेछन्।
फिल्म आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी रहेको छ। समयमै रिलिज गर्ने लक्ष्यसहित छायांकन चरण छिटो सम्पन्न गरिएको निर्माण पक्षको भनाइ छ।
यो पनि पढ्नुहोस्:
रेखा थापाको नयाँ फिल्म ‘काउकुती’ घोषणा, ‘कमेडी दरबार’की श्रद्धा निर्देशक
