
Shristi Khadka Makes His Action Debut in Nepali Moovie ‘Kumbh’
नेपाली फिल्म ‘कुम्भ’ (Kumbh) को टिजर सार्वजनिक भएसँगै फिल्मले दर्शकमाझ उत्सुकता बढाएको छ। एक्सन जेनरमा बनेको यो फिल्म आगामी जेठ १५, २०८३ मा रिलिज हुने तयारीमा छ, जुन नेपालीसँगै हिन्दी भाषामा एकसाथ प्रदर्शन गरिनेछ।
टिजरले फिल्मको डार्क, इन्टेन्स र एक्सन–ड्रिभेन टोन स्पष्ट देखाउँछ। शक्तिशाली ब्याकग्राउन्ड म्युजिक, सिनेम्याटिक फ्रेम र पात्रहरूको प्रस्तुतीले यो फिल्म ठूलो क्यानभासमा तयार गरिएको संकेत गर्छ।
फिल्ममा डेब्यु अभिनेता Ashok Aryan मुख्य भूमिकामा छन्। उनका साथमा Sunil Thapa, Sushil Pokharel, अफसाना थापा र रोहित रुम्बा लगायत कलाकारहरूको अभिनय रहेको छ। साथै दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको उपस्थितिले फिल्मलाई अझ फराकिलो दर्शकसम्म पुर्याउने संकेत दिएको छ।
यहाँ हेर्नुहोस् : ‘कुम्भ’को टिजर, एक्सन अवतारमा अभिनेता अशोक आर्यन
फिल्मका लेखक तथा निर्देशक Randhir Shrestha हुन्, जसले गीतका शब्द पनि स्वयं लेखेका छन्। संगीत Anup Tiwari ले दिएका छन्।
यसअघि सार्वजनिक भएको गीत “Swargaki Pari” (गीतको भिडियो यहाँ हेर्नुहोस्) ले पनि फिल्मप्रति राम्रो चर्चा बटुलेको थियो। गीतमा Anju Panta र Anup Tiwari को स्वर रहेको छ भने भिडियोमा अशोक आर्यन र सृष्टि खड्काबीचको केमेस्ट्रीले ध्यान खिचेको थियो। सुन्दर लोकेसनमा छायांकन गरिएको उक्त गीतले फिल्ममा रोमान्टिक पक्ष पनि बलियो रहने संकेत दिएको छ।
एक्सन र रोमान्सको मिश्रण बोकेको ‘कुम्भ’ले नयाँ अनुहार र अनुभवी कलाकारको संयोजनमार्फत नेपाली सिनेमा बजारमा फरक स्वाद ल्याउने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस्: बाबुको सपना र छोराको संघर्ष कथा ‘रोल नं १’ मन छुने टिजर
