Man of the World 2026 मा नेपालको प्रतिनिधित्व गर्न प्रकाश चौहान फिलिपिन्स प्रस्थान

अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता Man of the World 2026 मा नेपालको प्रतिनिधित्व गर्न Man of the World 2025 विजेता प्रकाश चौहान फिलिपिन्स प्रस्थान गरेका छन्।


Prakash Chauhan Leaves for Philippines to Represent Nepal at Man of the World 2026

Prakash Chauhan प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘Man of the World 2026’ मा नेपालको प्रतिनिधित्व गर्न फिलिपिन्स प्रस्थान गरेका छन्। प्रतियोगिता जुन २८ देखि जुलाई ६ सम्म फिलिपिन्समा आयोजना हुँदैछ, जहाँ विश्वका ३५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्।

‘म्यान अफ द वल्र्ड नेपाल २०२५’ विजेता चौहान यस वर्ष नेपालको एकमात्र प्रतिनिधिका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दैछन्। उनले ‘Mr. Nepal 2025’ अन्तर्गत प्रदान गरिने तीन प्रमुख उपाधिमध्ये ‘Man of the World Nepal 2025’ उपाधि जित्दै यो अवसर प्राप्त गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भव्य बिदाइ गरिएको थियो। कार्यक्रममा Ravi Dhamala, Himanchal Raj KC, Girish Ratna Shakya, सन्तोष लोक्षुम, आयुष दुलाललगायतको उपस्थिति रहेको थियो।

प्रस्थानअघि चौहानले आफू केवल प्रतियोगितामा भाग लिन नभई नेपालको कला, संस्कृति, पर्यटन र पहिचानलाई विश्वमाझ चिनाउन फिलिपिन्स जान लागेको बताएका छन्।

‘यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, विश्वका विभिन्न देशका प्रतिनिधिहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पनि हो,’ उनले भने, ‘म नेपालको हिमाल, भगवान बुद्धको जन्मभूमि र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नेछु र सबैलाई नेपाल भ्रमणको निम्तो दिनेछु।’

सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गर्दै उनले “Nepal is ready to shine on the world stage” भन्दै आफ्नो उत्साह व्यक्त गरेका छन्।

Man of the World विश्वका चर्चित पुरुष सौन्दर्य प्रतियोगितामध्ये एक मानिन्छ, जहाँ व्यक्तित्व, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, फिटनेस र अन्तर्राष्ट्रिय प्रस्तुतीकरणलाई विशेष महत्व दिइन्छ।

नेपालबाट सहभागी हुने प्रतियोगीहरूले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय उपस्थिति जनाउँदै आएका छन्। यसपटक पनि प्रकाश चौहानबाट नेपाली फ्यान र पेजेन्ट समुदायले उच्च अपेक्षा राखेका छन्।

SUBSCRIBE 👉