सभ्या महर्जनले जितिन् ‘मिसेस ग्लोबल नेपाल २०२६’ साथमा ट्यालेन्ट र बेस्टड्रेस उपाधि

काठमाडौंको गोंगबुकी सब्या महर्जन मिसेस ग्लोबल नेपाल २०२६ घोषित भएकी छन्। उनले बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेस उपाधि पनि जितेकी छन्। अब उनी भियतनामको हनोईमा हुने NFEA 2026 मा नेपाललाई प्रतिनिधित्व गर्नेछिन्।


Sabya Maharjan has been crowned Mrs. Global Nepal 2026 at the grand finale held in Lalitpur. Along with the main title, she also won Best Talent and Best Dress.

सभ्या महर्जन ‘मिसेस ग्लोबल नेपाल २०२६’ घोषित भएकी छन्। ललितपुरको च्यासलस्थित ज्यापु एकेडेमी हलमा सम्पन्न भव्य फाइनलमा उनले राष्ट्रिय उपाधि जितेकी हुन्। मुख्य उपाधिसँगै सभ्याले नेपाललाई Nepal Fashion & Entertainment International Awards (NFEA 2026) मा प्रतिनिधित्व गर्ने विशेष प्रवेश प्याकेज पनि प्राप्त गरेकी छन्। उक्त अन्तर्राष्ट्रिय कार्यक्रम भियतनामको हनोईमा आयोजना हुने तय भएको छ।

प्रतियोगिताभर आत्मविश्वास, प्रस्तुति शैली, प्रतिभा र आकर्षक व्यक्तित्वका कारण सब्या निर्णायक र दर्शकको ध्यान खिच्न सफल भइन्। उनले मुख्य उपाधिसँगै बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेस जस्ता दुई महत्वपूर्ण सबटाइटल पनि जितिन्। प्रतियोगितामा रञ्जिता क्षेत्री फर्स्ट रनरअप घोषित भइन् भने अन्जु भट्टराई सेकेन्ड रनरअप बनिन्।

हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न यो प्रतियोगिता मिसेस ग्लोबल नेपालको नवौँ संस्करण हो। विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास, उपलब्धि र सशक्तीकरणलाई मञ्च प्रदान गर्दै आएको यो प्रतियोगिताले यस वर्ष पनि विविध पृष्ठभूमिका सहभागीलाई प्रस्तुत गर्‍यो।

कार्यक्रमको सुरुवात प्रतियोगीहरूको आकर्षक ओपनिङ डान्सबाट भएको थियो। कोरियोग्राफर हिमानी सुब्बाको निर्देशनमा तयार गरिएको थीमेटिक प्रस्तुति ऊर्जा, सौन्दर्य र स्टेज प्रेजेन्सले भरिएको थियो। प्रतियोगिता परिचय चरण, बेस्ट ड्रेस प्रस्तुति, टप नाइन चयन र टप सिक्स फाइनलिस्ट राउन्ड हुँदै अन्तिम नतिजासम्म पुगेको थियो।

Sabya Maharjan was crowned Mrs. Global Nepal 2026, while Ranjita Chhetri was declared First Runner-up and Anju Bhattarai became Second Runner-up

मुख्य उपाधिबाहेक विभिन्न विधामा पनि सहभागीहरूलाई सम्मान गरिएको थियो। रोशी धितालले बेस्ट फोटोजेनिक उपाधि जितिन् भने रञ्जिता क्षेत्रीले मोस्ट स्मार्ट अवार्ड प्राप्त गरिन्। अन्जु भट्टराई मोस्ट डायनामिक घोषित भइन्।

त्यस्तै, बिमला महर्जनले मोस्ट चार्मिङ र मोस्ट पपुलर दुवै उपाधि जितिन्। सरला थापा मोस्ट कन्फिडेन्ट, ललिता राई बेस्ट कम्प्लेक्सन, र बिमला श्रेष्ठ बेस्ट पर्सनालिटी घोषित भए।

गीता खत्री खतिवडाले बेस्ट मल्टिमिडिया र मोस्ट डिलिजेन्ट उपाधि प्राप्त गरिन्। निर्मला नगरकोटी मोस्ट प्यासनेट घोषित भइन् भने बिना महर्जनले मोस्ट अट्र्याक्टिभ अवार्ड जितिन्।

यसैगरी, मिना कुमारी मगरले मोस्ट डेडिकेटेड र पब्लिक च्वाइस अवार्ड जितिन्। अन्जु देवी भट्टराईले पब्लिक च्वाइस भिडियो अवार्ड प्राप्त गरिन्।

प्रतियोगिताको निर्णायक मण्डलमा फेसन डिजाइनर सुक्निता चौलागाईं, अभिनेता तथा मोडल सन्तोष बानियाँ, अभिनेता सिद्धार्थ सिंह, अभिनेत्री तथा इभेन्ट आयोजक मेनुका माझी, र ब्युटिसियन नेपाल २०२६ टाइटल होल्डर सानु थापा मगर रहेका थिए।

कार्यक्रमको सञ्चालन फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए। उनको प्रभावकारी प्रस्तुति शैलीले फाइनललाई थप व्यवस्थित, आकर्षक र गरिमामय बनायो।


यो पनि पढ्नुहोस्: रोजमेरी थिङले जितिन् ग्राण्ड एसईई उपाधि, आदित्य श्रेष्ठ बने फर्स्ट रनरअप


SUBSCRIBE 👉