
ग्ल्यामर नेपाल, काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर हाल निर्माणाधिन फिल्म ‘भूलभुलैया’ को युनिटले बुधबार राजधानीको तिनकुनेस्थित निःसहाय सेवा सदनका वृद्धवृद्धाहरुलाई कपडा वितरण गरेको छ । फिल्मका नायक जीवन लुँइटेल तथा नायिका नीता ढुंगानाले वृद्धवृद्धालाई साडी तथा ढाकाटोपी दिएका हुन् ।
फिल्मका निर्देशक योगेश घिमिरेका अनुसार विगत दुई दिनदेखि सेवा सदनमै फिल्मको सुटिङ भइरहेको छ । कपडा वितरण कार्यक्रममा नायक स्वहित मानन्धर, निर्देशक घिमिरे तथा कार्यकारी निर्माता निरज ढकालको उपस्थिति रहेको थियो । निर्देशक योगेशले फिल्मको २० दिनको छायांकन सकिएको बताए । नायक लुँइटेलले पनि सेवा सदनमा रहेका वृद्धवृद्धामाझ रहेर फिल्मको काम गर्दा अत्यन्त रमाइलो लागेको बताए ।

