ग्ल्यामर नेपाल, काठमाडौं । समग्र नेपाली चलचित्र क्षेत्रको लागि एउटा खुशीको खबर। नेपाली कलाकार विजय लामाले हलिउड फिल्ममा अभिनय गर्ने मौका पाएका छन्। हाल नेपालमा सुटिङ भइरहेको चलचित्र ‘एभरेष्ट’मा विजयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर पाएका हुन्। चलचित्रमा उनको छोटो र निकै चुनौतीपूर्ण भूमिका रहेको बताइएको छ।
‘एभरेष्ट’को निर्देशन बाल्टासार कोरमाकुरले गरिरहेका छन्। जसमा चर्चित हलिउडका कलाकारहरु जोश ब्रोलिन, ज्याक गिलेनहाह र जेसन क्लार्क मुख्य भूमिकामा छन्। यी कलाकारसँगै विजयले पनि अभिनयको मौका पाएका हुन्। उनी कर्णेल मदन केसीको भूमिकामा अभिनय गरेको बताइएको छ। यो चलचित्रको हाल हिमाली क्षेत्रमा छाँयाकन भइरहेको छ।
सगरमाथामाथिको बेस्टसेलर बुक ‘इन टु थिन एयर’माथि चलचित्र निर्माण हुन लागेको हो। चलचित्रले सन् १९९६ मे १० मा सगरमाथा आरोहणका क्रममा आँधि आउँदा ज्यान गुमाएका आठ जनाको संघर्षको कथा भन्नेछ। चलचित्रको छायाँकन नेपालपछि आइसल्याण्ड र इटलीमा हुनेछ। चलचित्रमा अभिनेता गिलेनहालले अमेरिकी आरोहण दलका प्रमुख स्कट फिसरको भूमिका निर्वाह गर्ने जनाइएको छ। कोरमाकुरले यसअघि ‘टु गन्स’, ‘इनहेल’ र ‘दि डिप’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।
होम » फिल्मी न्युज / गसिप » हलिउड फिल्म ‘एभरेष्ट’मा विजय लामा
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
कलाकार बन्ने सपनाको संघर्षपूर्ण कथा ‘आइ एम जीत बहादुर’
जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘I am Jit Bahadur’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले कलाकार बन्ने सपना बोकेर शहर आएका युवाको संघर्षपूर्ण यात्रा...
‘मोहर’पछि ओम प्रतीकको नयाँ फिल्म ‘हली’, पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय
ओम प्रतीक निर्देशित नयाँ नेपाली चलचित्र ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ। वास्तविक घटनाबाट प्रेरित फिल्मले सामाजिक परिवर्तन र नारी जीवनका यथार्थलाई...
चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक, वडा अध्यक्षको व्यङ्ग्यात्मक अवतारमा विजय बराल
चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। फर्स्ट लुकमार्फत चलचित्रको प्रदर्शन मिति यही वर्षको तिहारलाई तय गरिएको...
भावुक बनाउने ‘गौँथली’ टिजर सार्वजनिक, विवाहपछि महिलाले भोग्ने पीडा उजागर
अरुण क्षेत्री र सिम्रन खड्का अभिनीत चलचित्र ‘गौँथली’को भावुक टिजर सार्वजनिक भएको छ, जसले विवाहपछि महिलाले भोग्नुपरेको संघर्ष र पारिवारिक पीडालाई उजागर गरेको छ।
‘आ बाट आमा २’मा मेरो डान्स युनिभर्स २’ विजेता रिस्ता गुरुङको इन्ट्री
निर्देशक चन्द्र पन्तको फिल्म ‘आ बाट आमा २’मा अभिनेत्री रिस्ता गुरुङ अनुबन्ध भएकी छन्। फिल्ममा उनको जोडी को हुने भन्ने विषयलाई निर्माण टिमले गोप्य राखेको छ।
विपिन कार्की उत्कृष्ट अभिनेता, जस्सिता गुरुङ उत्कृष्ट अभिनेत्री र पल शाहलाई सोसियल आइकन एक्टर अवार्ड
तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ मा चलचित्र ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड जितेको छ। विपिन कार्की उत्कृष्ट अभिनेता र...
प्रदीप खड्काको ‘ऐरी’ अझै अन्योलमा, २०२४ मा आउने भनिएको फिल्म किन भयो यति ढिलो ?
प्रदीप खड्काको बहुप्रतिक्षित इंडो–नेपाली फिल्म ‘ऐरी’को रिलिज अझै अनिश्चित बनेको छ। २०२४ मै प्रदर्शन हुने घोषणा गरिएको फिल्म अहिले २०२६–२०२७ सम्म धकेलिएको चर्चा...
Cannes Film Festival मा नेपालको पहिलो आधिकारिक स्टल
७९औं कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले पहिलोपटक नेपालको आधिकारिक स्टल स्थापना गरेको छ। यस पहललाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन...
बासना तिमिल्सिनाको रहस्यमय अवतार, निर शाहको ‘कमला मिस’को पोस्टर
करिब एक दशकपछि निर्देशक निर शाह ‘कमला मिस’मार्फत निर्देशनमा फर्किएका छन्। मनोवैज्ञानिक कथामा आधारित चलचित्र साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । फस्टलुक...
‘कुम्भ’ लिएर गृह जिल्ला पुगे अशोक आर्यन यादव, स्थानीय कलाकारको साथ र समर्थन
चलचित्र ‘कुम्भ’को प्रचार–प्रसार तीव्र बनाइएको छ। डेब्यु अभिनेता अशोक आर्यन यादवको गृह जिल्ला सप्तरीको राजबिराजमा आयोजित विशेष कार्यक्रममा कलाकार, सञ्चारकर्मी र...
सलिन मान बनियाँको ‘युनिभर्सिटी अफ गुण्डाज’बाट जापानकी मीना योशीदा गुरुङ्गको डेब्यु
सलिन मान बनियाँको कमब्याक फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’मा जापानकी मीना योशिदा गुरुङ्ग अनुबन्ध भएकी छन्। फर्स्ट लुकपछि चर्चामा रहेको फिल्ममा सलोन बस्नेत पनि...
दुई दशकपछि फेरि पर्दामा ‘गौँथली’, नयाँ संस्करणको पोस्टर सार्वजनिक
अरुण क्षेत्री र सिम्रन खड्का अभिनीत चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ। डा. कपिल रिजाल निर्देशित फिल्म साउन १ गतेदेखि प्रदर्शनमा आउनेछ।
