
ग्ल्यामर नेपाल, काठमाडौं । प्रेमकथाले भरिपूर्ण फिल्म ‘पास्ट’ले आफ्नो मुहुर्तसँगै सुटिङको काम पनि शुरु गरेको छ । बितेका दिनले भविष्यमा कस्तो असर पार्छ भन्ने सन्देश प्रस्तुत गर्ने फिल्मका निर्देशक नविन निरौला हुन् । निरौलाले यसअघि ‘फिंगर प्रिन्ट’ नामक फिल्मको निर्देशन गरिसकेका छन् । फिल्मको गत शुक्रबार भक्तपुरको त्रिशुल डाडामा मुहुर्त गरिएको थियो ।
निर्देशक नवीनकै स्क्रिप्ट रहेको फिल्मका निर्माता रामकृष्ण थापा हुन् । फिल्ममा आनन्द पुन, मोनिका दाहाल, बिश्वराम खड्का (भेना), रामकृष्ण थापा, रामचन्द्र अधिकारी, शंकर आचार्य, सत्यकला लामा, तिलक उपाध्याय, प्रकाश कुसारी (सम्राट) लगायतको अभिनय रहनेछ ।
‘पूर्ण मनोरञ्जनका साथै फिल्ममा मिठो सन्देश पनि छ,’ निर्देशक निरौलाले भने, ‘आम दर्शकले मन पराउने फिल्म बनाउने प्रयासमा छु ।’ फिल्ममा भरत क्षेत्रीको द्वन्द्व, नीम संगीतको संगीत, ललीत कटुवालको मुख्य सहायक निर्देशक रहेको फिल्मका छाँयाकार रामेश्वर हुमागाइ रहनेछन् ।

