अन्तिम चरणमा जिन्दगी रक्स


Akesha-Bistaग्ल्यामर नेपाल, काठमाडौं । म्युजिक भिडियो निर्देशनमा ख्याती कमाएका युवा निर्देशक निकेश खड्काले डेब्यु निर्देशन गरेको फिल्म ‘जिन्दगी रक्स’ डबिङको अन्तिम चरणमा पुगेको छ । राजधानीको नयाँबानेश्वरको रियल टाइम स्टुडियोमा डबिङको काम धमाधम भइरहेको छ ।

विशुद्ध मनोरञ्जनात्मक र सामाजिक कथामा आधारित फिल्मले हरेक मानिसले आफ्नो युवावस्थामा देखाउने व्यवहार र जीवनशैलीलाई ४ युवा कलाकारमार्फत प्रस्तुत गर्न खोजेको निर्देशक खड्काले बताए । फिल्ममार्फत सञ्चारकर्मी अकेशा विष्टले अभिनयमा डेब्यु गरेकी छन् । ‘फिल्मको स्क्रिप्ट र निर्देशकीय पाटो मजबुत भएकोले फिल्ममा काम गर्ने इच्छा जाग्यो।’ उनले भनिन् । फिल्ममा सौरमराज तुलाधर, सोनाम पाख्रिन, ऋचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, विनोद मैनाली, विकी पुलामी र राजेन्द्र खड्गीको अभिनय रहेको छ ।

काठमाडौं, पोखरा र चितवनका रमणीय स्थान र राजमार्गमा छायांकन गरिएको फिल्ममा सुगम पोखरेल, कमल खत्री, बाणी ब्याण्डका पुष्पन प्रधान र सञ्जीत श्रेष्ठको संगीत रहेको छ । भि प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधर र सुजीता श्रेष्ठले निर्माण गरेको फिल्ममा उमेश मर्हजनको द्वन्द्व र हरि हुमागाईको छायांकन छ । चलचित्रको सहनिर्देशन विनोद मैनालीले गरेका हुन् ।

SUBSCRIBE 👉