करिब एक महिना अघि फोटोग्राफर जयेश सेठले ९० दशककी चर्चित अभिनेत्री ममता कुलकर्णीमा आधारित रहेर फिल्म बनाउने घोषणा गरेका थिए । समाचार अनुसार इन्डो क्यानेडियन पोर्न स्टार सनी लियोनले उक्त फिल्ममा लिड रोलमा अभिनय गर्ने इच्छा जाहेर व्यक्त गरेकी छन् ।
‘मेरो दिमागमा सनीको नाम आयो किनकी ममतासँग उनको अनुहार निकै मिल्दछ, एउटा सोझो अनुहारका लागि सनी नै ठिक छिन्,’सेठले भनेका छन्,‘फिल्मको स्क्रिप्टको काम भइरहेकाले अहिलै को अभिनेत्री हुने भन्ने टुंगो छैन, तर सोच चाहिँ सन्नी प्रति नै छ ।’ उनका अनुसार संघर्ष गर्दै शिखरमा पुगेर फेरी गुमनाम हुने अभिनेत्रीको कथा फिल्ममा हुनेछ ।
पछिल्लो महिना केन्यामा ममता र उनका पति ड्रग्स तस्करीको आरोपमा पक्राउ परेर हिरासतमा पुगेपछि फिल्मको क्लाइमेक्स स्क्रिप्टमा केही बदलाव हुने उनले बताए । फिल्मको छायांकन अर्को वर्षबाट शुरु गरिनेछ ।
