रिसाहा रेखाले संस्कृत मन्त्र जपेपछि (भिडियो)


Rekha-Thapaग्ल्यामर नेपाल, काठमाडौं ।
हाल किन्डल रेड स्टुडियोमा पोष्टप्रोडक्सनमा रहेको फिल्म ‘तथास्तु’को ट्रेलर सार्वजनिक भएको छ । सविर श्रेष्ठको निर्माण तथा निर्देशनमा बनेको फिल्मको प्रोमोमा अभिनेत्री रेखा थापालाई रिहासा रुपमा प्रस्तुत गरिएको छ ।

आफुलाई फिल्मका खलपात्रले कुट्न थालेपछि उनले संस्कृत मन्त्र जप्दै ‘तथास्तु’ भनेर बन्दुक पड्काएकी छन् । फिल्म पौष २५ गतेबाट अल नेपाल रिलिज हुँदैछ । ‘कसले चो¥यो मेरो मन’ र ‘काली’ जस्ता राम्रा व्यावसायिक सफल फिल्म निर्देशन गरेका चर्चित निर्देशक सविरले यो फिल्म निर्माणमा रामहरि धितालको पनि साथ लिएका छन् । फिल्ममा किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशी छन् ।

फिल्मको पटकथा एवं संवाद जगदिश्वर थापाको हो । बाबु श्रेष्ठको छायाँकन रहेको फिल्ममा बसन्त सापकोटाको संगीत तथा राजमी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन छ । द्धन्द्ध निर्देशन रोशन श्रेष्ठले गरेका छन् । निर्देशक सविरका अनुसार फिल्म नारी प्रधान एक्सन फ्लेबरको छ ।

SUBSCRIBE 👉