मिन बहादुरको ‘कालो पोथी’लाई १ लाख १० हजार युरो


काठमाडौँ । फ्रान्सेली संस्था ‘सिएनसी’ले नेपाली फिल्म ‘कालो पोथी’लाई १ लाख १० हजार युरो (करिब १ करोड २५ लाख रुपैयाँ) सहयोग प्रदान गरेको छ। फिल्मका निर्देशक मीनबहादुर भाम हुन्। सेन्टर नेसनल दु सिनेमा (सिएनसी)को आर्थिक सहयोग पाएपछि मीनबहादुर फिल्मको पोस्ट प्रोडक्सनका लागि केही दिनमै दुई हप्ताका लागि फ्रान्स जाँदैछन्। फ्रान्सेली निर्मात्री क्याथरिन डुसार्टको सिडी प्रोडक्सनबाट फिल्मले प्रतिस्पर्धाका लागि स्क्रिप्टसहित आवेदन दिएको थियो।
Min Bahadur Bhamयो फिल्मको सुटिङ मुगुमा १९ र काठमाडौंमा एक दिन गरिएको थियो । निर्देशक मीनका अनुसार द्वन्द्वकालमा दुई बालकले भोगेका सामाजिक पीडामा आधारित कथा फिल्मले उठाएको छ । फिल्ममा ५ सय गाउँले र ४ सय याकको बथानको दृश्य छ । फिल्मलाई काजाकिस्तानका क्यामेराम्यान अजिज झम्बा–कियभले खिचेका हुन्।

फिल्ममा छिरिङरितार शेर्पा, देवकी राई र अनुप थापा निर्माता छन् । यो फिल्मले स्विजरल्यान्डको ‘भिजन सुद’बाट ५० हजार फ्रांक (करिब ५५ लाख रुपैयाँ) र जर्मनीको बर्लिन फिल्म महोत्सवबाट ३० हजार युरो (लगभग ३४ लाख रुपैयाँ) यसअघि नै जितिसकेको छ । फिल्मको कुल बजेट दुई करोड ८५ लाख रुपैयाँ रहेको छ।

SUBSCRIBE 👉