अमेरिकामा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागी गायक रामकृष्ण ढकाल तथा गायिका आस्था राउत मंगलवार अमेरिका उडेका छन्। नेप्लीज एसोसिएसन साउथइस्ट इन अमेरिकाले १९ भदौ २०७२ (२०१५ सेप्टेम्बर ५) शनिवार आयोजना गर्न लागेको कार्यक्रममा रामकृष्ण र आस्थाले गीत / संगीत प्रस्तुत गर्ने छन्। उक्त कार्यक्रमको सहभागितापछि यी गायक/गायिकाले अमेरिकाका अन्य केही शहरमा समेत सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने बताईएको छ। अमेरिकातर्फ उड्नु अघि गायक ढकालले आफ्ना लोकप्रिय गीतहरुको MP-3 संग्रह “रामकृष्ण ढकाल MP-3” मंगलबार देखि नै बजारमा उपलब्ध भएको जानकारी दिएका छन्।
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
पि-डलर-एम र आरजे-एस-आईको ‘प्रयास’
पि-डलर-एम र आरजे-एस-आईको नया गीत रिलिज भएको छ, जुन गीतको भिडियो अमेरिकामा छायाँकन गरिएको हो। सार्वजनिक गीत ‘प्रयास’ मा सुजिना चन्द ठकुरीलाई फ़िचरिङ्ग गरिएको छ। यस अघि...
कतारमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’
नेपाली कला, संकृती र सांगीतिक क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा विकास र प्रवद्र्धन गर्ने उद्देश्यले मार्च महिनाको ८ र ९ तारिखमा कतारका २ शहरमा भव्य सांगीतिक...
इन्दिरा र नम्रताले स्टेज तताउने, सन्दिपले हसाँउने । दुबईमा सांस्कृतिक कार्यक्रम आयोजना हुने
यूएइ, दुबइमा यहि डिसेम्बर २२ मा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। ग्रिष्मा इन्टरटेन्मेन्टको प्रस्तुतीमा हुन लागेको कार्यक्रममा नेपालका चर्चित ५...
रामकृष्ण र अन्जुको गीतमा प्रियंका र आयुष्मानको प्रेम
गायक / गायिका रामकृष्ण ढकाल र अञ्जु पन्तको लोकलयमा आधारित गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेम झल्किएको छ। विन्ध्यवासिनी...
अमेरिकाको एरिजोनामा कल्पना ढाका बुटिक
मिहिनेत र संघर्षपछि अवश्य फल पाइन्छ। हो, कल्पना योङहाङ यसैको एक उदाहरण हुन्। जो हाते तानबाट बुनेको नेपाली परम्परगत ढाका कपडा तथा पहिरनको सन्दर्भको लामो समय मिहिनेत र...
राजधानीमा ‘रामकृष्ण ढकाल एकल साँझ’ आयोजना हुने
सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालको एकल साँझ आगामी चैत १८ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने भएको छ। विन्ध्यवासिनी म्यूजिकको आयोजनामा हुन...