नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘नेपाली म्यूजिक भिडियो अवार्ड २०७३’ को उत्कृष्ट पाँच अर्थात टप फाइब नामको सुचि सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सो सार्वजनिक गरिएको हो ।
सार्वजनिक नोमिनेटेट सुचिमा चलचित्रका कलाकार नै बढी देखिएका छन् । जसमा मोडल तर्फ अभिनेता अनुपबिक्रम शाही, पल शाह, श्याम अर्याल, यशराज गराच र सौरमराज तुलाधर छन् भने मोडलिङ तर्फ केकी अधिकारी, पूजा शर्मा, माला लिम्बू, बर्षा राउत र मेनका प्रधान बिच स्पर्धा हुने पदेखिएको छ ।
विभिन्न १८ विधा समावेश अवार्ड संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालीले आयोजना गर्न लागेको हो । कार्यक्रममा संगिक्षाका अध्यक्ष मनोज केसीले संगीत सर्जकहरुलाई प्रोत्साहन र सम्मानको लागी अवार्ड गर्न लागिएको जानकारी दिए ।
अवार्डको जुरी नेतृत्व संचारकर्मी भरत शाक्यले गरेका थिए ।कार्यक्रमका उत्कृष्ट ५ को नोमिनेशनमा पर्न सफल कलाकर्मीलाई चलचित्रकर्मी उद्धव पौडेलले प्रमाणपत्र वितरण गरे ।